ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सोल्टी होटल : कम्पनी विश्लेषण (मंगलवार, २८ जेठ २०७६)

Jun 11, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
होटलले गत आवको नाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १६ दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गरेको हो । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले रू. २३ करोड १० लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. १५ करोड १७ लाख नाफा कमाएको थियो । होटलमा पर्यटकहरूको संख्यामा वृद्धि भएकाले नाफा बढेको हो । चुक्तापूँजी रू. ६६ करोड ६० लाख छ । कम्पनीले रिजर्भ कोषमा रू. ८९ करोड ४२ लाख छुट्याएको छ । चैत मसान्तसम्ममा कम्पनीले रू. १ अर्ब ३१ करोड आम्दानी गरेको छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ४९ दशमलव शून्य ५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्यरेखा तल छ । सोमवारको शेयरमूल्य रू. २३५ देखि बजार अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २४५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २२६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)