तारागाउँ रिजेन्सी होटल्स : कम्पनी विश्लेषण (मंगलवार, २८ जेठ २०७६)
Jun 11, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले गतवर्षको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ६३१ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको जेठ २४ गते सम्पन्न वार्षिक साधारणसभाले उक्त नगद लाभांश पारित गरेको हो । चालू आवकोे चैत १७ गतेसम्म बोनस र करअघिको खुद नाफा रू. ३५ करोड ६५ लाख ७६ हजार छ । गतवर्षको सोही अवधिमा खुद नाफा रू. २७ करोड ५४ लाख ५ हजार थियो । गतवर्षभन्दा यो वर्ष कम्पनीको खुद नाफा बढेको छ । गतवर्ष रू. ९१ करोड ५७ लाख ६८ हजार कम्पनी सञ्चालनबाट आम्दानी गरेको यस कम्पनीले यो वर्ष रू. १ अर्ब ४ करोड ४८ लाख ३२ हजार आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार छ भने जगेडा कोष रकम रू. ७७ करोड ७७ लाख ७९ हजार छ । सोमवार कम्पनीको शेयरमूल्य रू. ३०३ कयम भएको छ ।
कम्पनीको ४९ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ६४ दशमलव ८८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १६ दशमलव ७६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्यरेखा माथि छ । सोमवारको शेयरमूल्य रू. ३०३ देखि बजार अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३२७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २५५ मा टेवा पाउने देखिन्छ ।