ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओरियन्टल होटल्स लिमिटेड : कम्पनी विश्लेषण (मंगलवार, २८ जेठ २०७६)

Jun 11, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. २० करोड ७४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. १९ करोड ५१ लाख नाफा कमाएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७ करोड छ । रिजर्भ कोषमा रू. १ अर्ब ८ करोड छुट्याएको छ । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । प्रतिशेयर आम्दानी रू. १९ दशमलव ३१, मूल्य आम्दानी अनुपात २२ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. २ सय दशमलव ६६ छ । सोमवार कम्पनीको शेयरमूल्य रू. ६४४ कायम भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा २ अंक बढी हो । सोमवार कम्पनीको ७ हजार ४० कित्ता शेयर खरीदविक्री भएको छ ।

कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ५७ दशमलव ६५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ९ दशमलव ५७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाको बीचमा छ । सोमवारको शेयरमूल्य रू. ६४४ देखि बजार अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६५८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ६२९ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)