युनिलिभर नेपाल : कम्पनी विश्लेषण (बुधवार, २९ जेठ २०७६)
Jun 12, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले चालू आवको चैत मसान्तसम्ममा रू. २७ करोड ३६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ८ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. २५ करोड १९ लाख नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीले रू. १२ करोड ३० लाख आम्दानी गरेको छ भने रू. १ अर्ब २० करोड खर्च गरेको छ । कम्पनीको चुक्तापूँजी रू. ९ करोड २१ लाख छ । रिजर्भ कोषमा रू. २ अर्ब ९ करोड छुट्याएको छ । कम्पनीको शेयरमूल्य नेपालकै महँगो हो । यस कम्पनीको शेयरमूल्य मंगलवार प्रतिकित्ता रू. १९ हजार ५ सय ९० मा कारोबार भएको छ । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ७ सय प्रतिशत नगद लाभांश वितरण गरेको छ । मंगलवार कम्पनीको शेयर विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा १५० कित्ता शेयर खरीद गर्ने र १० कित्ता शेयर विक्री गर्ने माग थियो । मंगलवार कम्पनीको २० कित्तामात्र शेयर खरीदविक्री भएको छ ।
कम्पनीको ३८ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ९९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन २५३ दशमलव शून्य ६ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. १९७०० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २०००० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १९२१० मा टेवा पाउने देखिन्छ ।