ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छिमेक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बुधवार, २९ जेठ २०७६)

Jun 12, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
छिमेक लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट शेयरधनीहरूलाई १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको वैशाख ३० गते सम्पन्न सभाले सो लाभांश पारित गरेको हो । कम्पनीले ९ महीनामा रू. ६४ करोड ३० लाख नाफा कमाएको छ । यो गत आवको तुलनामा ७९ प्रतिशत बढी हो । कम्पनीले गत आवको सोही अवधिमा रू. ३५ करोड ८१ लाख नाफा कमाएको थियो । कम्पनीले खुद ब्याज आम्दानी ३५ प्रतिशत र सञ्चालन मुनाफा ७४ प्रतिशत बढाएपछि नाफा बढेको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. ६६ लाख २१ हजार खराब कर्जा संकलन गरेको छ । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुगेको छ । कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव २६ प्रतिशत छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८५ दशमलव ७४ छ । प्रतिशेयर नेटवर्थ रू. २८१ दशमलव १४ र तरलता अनुपात २० दशमलव ५४ प्रतिशत छ ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम ५ दिनमा ह्याम्मर आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य अन्तिम दिनमा टेवा पाएर माथि जान खोजेको देखिन्छ । आरएसआई न्युट्रल जोन ४३ दशमलव २३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ सय शून्य ५ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखा दुवैभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ९३९ देखि बजार अवस्था परिवर्तन भई शेयरमूल्य बढेमा रू. ९५६ मा प्रतिरोध पाउने र घटेमा रू. ९३९ मा नै टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)