ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वदेशी लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बुधवार, २९ जेठ २०७६)

Jun 12, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड ८१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ९२ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. २ करोड ५० लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा वृद्धि भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २३ करोड छ । कम्पनीले शत प्रतिशत हकप्रद शेयर जारी गरेकाले पूँजीवृद्धि भएको हो । रिजर्भ कोषमा कम्पनीले रू. १५ करोड ९६ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. ३३ दशमलव ९१, मूल्य आम्दानी अनुपात १५ दशमलव ९२ र प्रतिशेयर नेटवर्थ रू. १ सय ६९ दशमलव ४० छ । हालसम्ममा कम्पनीले ७६ ओटा शाखा कार्यालयमार्फत ७३ हजार ९९२ विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । मंगलवार कम्पनीको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ३६ दशमलव ७८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १३ दशमलव शून्य ९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ५७३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६०० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५३० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)