ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राधी विद्युत् कम्पनी : कम्पनी विश्लेषण (बुधवार, २९ जेठ २०७६)

Jun 12, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो । नियामक निकायबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड ७२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ११ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ४ करोड २३ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. ४५ करोड १० लाख छ । तेस्रो त्रैमासमा रू. ११ करोड ४५ लाख आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिको तुलनामा ६ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. १० करोड ८० लाख आम्दानी गरेको थियो ।

कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ५० दशमलव ७७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने रेखाको बीचमा छ । मंगलवार शेयरमूल्य रू. १६६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १७३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १६१ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)