ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आँखुखोला जलविद्युत् कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, ३० जेठ २०७६)

Jun 13, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
अधिकृत पूँजी रू. १ अर्ब १५ करोड र जारी पूँजी रू. ८० करोड रहेको यस कम्पनीले संस्थापक, स्थानीय र सर्वसाधारणलाई शेयर जारी गरी पूँजी चुक्ता गरिसकेको छ । हाल कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ७५, स्थानीयतर्फ १० र सर्वसाधारणमा १५ प्रतिशत कायम छ । यस कम्पनीले धादिङ जिल्लामा ८ दशमलव ४ मेगावाटको आँखुखोला–१ जलविद्युत् आयोजनाबाट २०७० साल भदौ ८ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आर्थिक वर्षको ९ महीनासम्ममा रू. १५ करोड ९० लाख ६५ हजार विद्युत् विक्रीबाट आम्दानी भए पनि कम्पनी अझै रू. २ करोड ६१ लाख १४ हजार घाटामा छ । गतवर्ष कम्पनी रू. ३ करोड ५४ लाख ५ हजार घाटामा थियो । कम्पनीले क्रमशः घाटा कम गर्दै गएको छ । दोस्रो बजारमा अंकित मूल्यभन्दा तलकै मूल्यमा कम्पनीको शेयर कारोबार भइरहेको छ । बुधवारको कारोबारमा यस कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो दिनभन्दा १ अंक बढेर रू. ७६ कायम भएको छ । कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ह्वाइट ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४६ दशमलव ६४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव शून्य १ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ७६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ७५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)