ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माउन्टेन हाइड्रो नेपाल : कम्पनी विश्लेषण (बिहीवार, ३० जेठ २०७६)

Jun 13, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
कम्पनीले पाँचथर जिल्लाको फिदिममा हेवा खोला र फेमे खोलाको पानीबाट २१ दशमलव ६ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । यस आयोजनको कुल लागत रू. ४ अर्ब २८ करोड १७ लाख ८६ हजार छ । आयोजनाको ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको कम्पनीको भनाइ छ । गत फागुनमा सर्वसाधारणलाई समेत शेयर बाँडफाँट गरी कम्पनीले चुक्तापूँजी रू. १ अर्ब २५ करोड पु¥याएको छ । कम्पनीको संस्थापकतर्फ ८० प्रतिशत, आयोजना प्रभावित स्थानीयमा ५ प्रतिशत र सर्वसाधारणमा १५ प्रतिशत शेयर स्वामित्व छ । गत आर्थिक वर्षको अन्त्यसम्म रू. ९३ दशमलव ७५ रहेको प्रतिशेयर नेटवर्थ यस आर्थिक वर्षको अन्त्यसम्म रू. ९५ दशमलव ९७ पु¥याउने प्रक्षेपण कम्पनीको छ । बुधवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो दिनभन्दा ३ अंक घटेर रू. १०४ कायम भएको छ । कम्पनीको ३८ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५७ दशमलव १५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव १३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. १०७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ११० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १०० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)