ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खानीखोला हाइड्रोपावर कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, ३० जेठ २०७६)

Jun 13, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
यस कम्पनीले ललितपुर जिल्लामा ४ दशमलव ३६ मेगावाटको टुंगुन–ठोस्ने र २ मेगावाट क्षमताको दुई जलविद्युत् आयोजनाबाट व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले दुवै आयोजनाबाट २०७३ सालमा विद्युत् उत्पादन शुरू गरेको हो । कम्पनीको लगानीमा संखुवासभा जिल्लामा १४ दशमलव ९ मेगावाट क्षमताको माया खोला जलविद्युत् आयोजनाको निर्माण भइरहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४६ करोड ५७ लाख १४ हजार छ । यस आर्थिक वर्षको ९ महीनासम्म कम्पनीले रू. ५ करोड २९ लाख ७० हजार आम्दानी गरेको छ । यस अवधिसम्म कम्पनी रू. १ करोड ५ लाख २५ हजार घाटामा छ । कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम नै छ । बुधवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो दिनभन्दा ३ अंक बढेर रू. ७४ कायम भएको छ । कम्पनीको ६३ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ९३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग जोडिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ७१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ७२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ६४ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)