ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिनर्जी पावर डेभलपमेन्ट : कम्पनी विश्लेषण (बिहीवार, ३० जेठ २०७६)

Jun 13, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
गत फागुनमा सर्वसाधारणलाई शेयर वितरण गरेको यो कम्पनीले दोलखा जिल्लामा १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजनाबाट २०६९ साल माघ ३ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । कम्पनीले चालू आर्थिक वर्षको ९ महीनामा रू. १ करोड ३६ लाख ४६ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले रू. २ करोड १४ लाख ३० हजार नाफा कमाएको थियो । प्रसारण लाइनमा अवरोध आएपछि उत्पादित विद्युत् विक्री हुन नसक्दा गतवर्षको तुलनामा विद्युत् विक्री घटेको कम्पनीको भनाइ छ । कम्पनीलेरू. ९ महीनामा विद्युत् विक्रीबाट१४ करोड ७ लाख २० हजार आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड छ । बुधवार कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो दिनभन्दा २ अंक बढेर रू. १०० कायम भएको छ । कम्पनीको ५१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन हरामी बियरिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५३ दशमलव शून्य ५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव २८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिन खोजेका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ९८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १०० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ९१ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)