सिटिजन्स बैंक इन्टरनेशनल : बेष्ट फाइनान्स : कम्पनी विश्लेषण (शुक्रवार, ३१ जेठ २०७६)
Jun 14, 2019
 
लगानी
कम्पनी विश्लेषण
यस बैंकले गतवर्षको सञ्चित मुनाफाबाट शेयर लगानीकर्ताका लागि १ दशमलव ६ प्रतिशत नगद लाभांश र ३ दशमलव ६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । गत पुसमा वार्षिक साधारणसभा मर्जरमा जान उपयुक्त लागेमा आवश्यक कामका लागि अख्तियारी दिएको बैंकले हालसम्म मर्जरको खबर भने सार्वजनिक गरेको छैन । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ३७ करोड १० लाख ६४ हजार छ । चालू आर्थिक वर्षको ९ महीनासम्म बैंकले रू. १ अर्ब ६ करोड ९६ लाख १ हजार खुद नाफा गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा रू. ६६ करोड ५ लाख १२ हजार छ । बैंकको रिजर्भमा रू. २ अर्ब ८२ करोड ६२ लाख ५६ छ । यस वर्षको ९ महीनामा रू. ६५ अर्ब ९२ करोड ९ लाख २४ हजार निक्षेप संकलन गरेको छ भने रू. ६१ अर्ब २ करोड ५२ लाख ९१ हजार कर्जा प्रवाह गरेको छ । बिहीवारको शेयर कारोबारमा बैंकको अन्तिम शेयरमूल्य बुधवारको तुलनामा १ अंक घटेर रू. २२२ कायम भएको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ब्ल्याक ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४३ दशमलव ६० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ६३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. २२२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २२९ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. २२१ मा टेवा पाउने देखिन्छ ।