ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईएमई जनरल इन्स्योरेन्स : बेष्ट फाइनान्स : कम्पनी विश्लेषण (शुक्रवार, ३१ जेठ २०७६)

Jun 14, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरणका लागि असार २९ गते साधारणसभाको आयोजना गर्ने भएको छ । उक्त बोनस शेयर पाउन असार १२ गतेसम्म शेयर किन्नुपर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ९७ करोड २० लाख छ । ५ प्रतिशत बोनस शेयर वितरण गरेपछि पूँजी रू. १ अर्ब २ करोड पुग्नेछ । यसअघि कम्पनीले १० बराबर ८ अनुपातमा हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले चालू आवको चैत मसान्तसम्ममा रू. १० करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ८ करोड २३ लाख नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीले रू. ९० करोड २२ लाख बीमा शुल्क आर्जन गरेको छ । प्रतिशेयर आम्दानी रू. १३ दशमलव ७२, मूल्य आम्दानी अनुपात २९ दशमलव १५ र प्रतिशेयर नेटवर्थ रू. १ सय ४३ दशमलव ४६ छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. ३९५ कायम भएको छ । कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४३ दशमलव ८८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ६ दशमलव ७६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ३९५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३९६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३८१ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)