नेपाल एसबीआई बैंक : बेष्ट फाइनान्स : कम्पनी विश्लेषण (शुक्रवार, ३१ जेठ २०७६)
Jun 14, 2019
 
लगानी
कम्पनी विश्लेषण
नेपाल एसबीआई बैंकले गतवर्षको मुनाफाबाट ५ प्रतिशत बोनस र १० दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । प्रतिशेयर आम्दानी रू. २५ दशमलव २६ रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ५६ छ । चालू आर्थिक वर्षको ९ महीना अर्थात् चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार यस बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब १७ करोड ८३ लाख ७५ हजार छ । यस अवधिमा बैंकले रू. १ अर्ब ६० करोड ६ लाख ४७ हजार खुद नाफा आर्जन गरेको छ । रू. ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार चुक्तापूँजी रहेको यस बैंकको जगेडा कोषमा रू. ३ अर्ब ५६ करोड ६ लाख ९० हजार छ । सो अवधिमा बैंकले रू. ८४ अर्ब २ करोड ७२ लाख ६७ हजार निक्षेप संकलन गरेको छ भने रू. ८५ अर्ब ७९ करोड ४३ लाख ८८ हजार कर्जा प्रवाह गरेको छ । बिहीवार बैंकको शेयर कारोबारमा प्रतिशेयर अन्तिम मूल्य रू. ४६४ कायम भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्युट्रल जोन ४२ दशमलव ७२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ८५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ४६४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४८८ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ४१२ मा टेवा पाउने देखिन्छ ।