ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सांग्रिला डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (आइतवार, १ असार २०७६)

Jun 16, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आवको चैत मसान्तसम्ममा बैंकले रू. २३ करोड १८ लाख नाफा कमाएको छ । सो अवधिमा बैंकको चुक्तापूँजी रू. २ अर्ब ६० करोड छ भने रिजर्भ कोषमा रू. ५८ करोड ३३ लाख छुट्याएको छ । चैत मसान्तसम्ममा बैंकले रू. २० अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रू. १८ अर्ब २४ करोड कर्जा भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ३६ प्रतिशत र कर्जा प्रवाह ३० प्रतिशत वृद्धि भएको हो । प्रतिशेयर आम्दानी रू. ११ दशमलव ८६, मूल्य आम्दानी अनुपात ११ दशमलव ९७ र प्रतिशेयर नेटवर्थ रू. १ सय २२ दशमलव ३८ छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. १ सय ५० कायम भएको छ । सो दिन बैंकको १० हजार ८४१ कित्ता शेयर खरीदविक्री भएको हो ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा लङ्गलेग्ड डोजी डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने र घट्नेमा अन्योल देखाउँछ । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । यो अवस्थामा लगानीकर्तामा ‘पर्ख र हेर’को अवस्था सृजना भएको छ । आरएसआई न्यूट्रल जोन ४६ दशमलव १२ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ३८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १५० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १५४ मा प्रतिरोध र सस्तिएमा रू. १४६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)