नेपाल सेवा लघुवित्त वित्तीय संस्था :कम्पनी विश्लेषण (सोमवार, २ असार २०७६)
Jun 17, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ५ दशमलव २ प्रतिशत नगद लाभांश वितरण गरेको छ । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले रू. १३ लाख ६ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा नाफा १४८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. ५ लाख २६ हजार नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ३ लाख खराब कर्जा उठाएकाले नाफामा वृद्धि भएको हो । चुक्तापूँजी रू. ६ करोड रहेको कम्पनीले रिजर्भ कोषमा रू. ४७ लाख २५ हजार छुट्याएको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ६ करोड ६२ लाख निक्षेप संकलन गरेको छ भने रू. ३६ करोड ८० लाख कर्जा प्रवाह गरेको छ । आइतवारको शेयर कारोबारमा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिमा ६० कित्ता शेयर खरीद गर्ने र ४ सय ९० कित्ता शेयर विक्री गर्ने माग थियो ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन २२ दशमलव ७१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १४ दशमलव २६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. ३ सय ८० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय ५० प्रतिरोध पाउने देखिन्छ ।