ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनिभर्सल पावर कम्पनी : कम्पनी विश्लेषण (सोमवार, २ असार २०७६)

Jun 17, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
युनिभर्सल पावर कम्पनीले आगामी आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ८ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षदेखि मुनाफा आर्जन गरी लाभांश वितरण गर्ने योजना कम्पनीको छ । कम्पनीले दोलखा जिल्लामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत् आयोजना र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ५ मेगावाट क्षमताको रूकुम गाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । त्यस्तै, कम्पनीले २०७४ मङ्सिर १२ गते सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकामा २४ दशमलव २२ मेगावाट क्षमताको माथिल्लो इखुवाखोला जलविद्युत् आयोजनाका लागि विद्युत् उत्पादन सर्वेक्षण अनुमतिपत्र पनि पाइसकेको छ । कम्पनीले चालू आर्थिक वर्षको १० महीनामा रू. १ करोड २८ लाख ९८ हजार खुद नाफा कमाएको छ । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड ३ लाख ५० हजार छ । जगेडा कोषमा रू. १ करोड १ लाख ४६ हजार छ । आइतवार कम्पनीको शेयरमूल्य रू. ९२ पुगेको छ ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा अन्तिम दिनमा ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ३५ दशमलव शून्य ९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ४० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. ९२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १०० मा प्रतिरोध पाउने देखिन्छ । कम्पनीको शेयरमूल्य ५७ दिनकै कम अर्थात् रू. ९२ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)