ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, २ असार २०७६)

Jun 17, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ८३ लाख २६ हजार नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३५ गुणा बढी हो । सो अवधिमा कम्पनीले रू. २ लाख ३६ हजार नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ५० लाख ९८ हजार खराब कर्जा उठाउनुका साथै खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा वृद्धि भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड ४० लाख छ । रिजर्भ कोषमा रू. ३ करोड ३ लाख छुट्यएको छ । निष्क्रिय कर्जा २ दशमलव ३२ प्रतिशतबाट घटेर १ दशमलव ९६ प्रतिशतमा आएको छ । कम्पनीले रू. ५० लाखभन्दा बढी खराब कर्जा उठाएकाले निष्क्रिय कर्जा घटेको हो । प्रतिशेयर आम्दानी (वार्षिक) रू. १३ दशमलव २१, मूल्य आम्दानी अनुपात ६६ दशमलव २० र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ११ छ ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ३६ दशमलव २९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ११ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. ३८० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३८७ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ३७४ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)