छ्याङ्दी हाइड्रोपावर कम्पनी : कम्पनी विश्लेषण (मंगलवार, ३ असार २०७६)
Jun 18, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले चालू आवको चैत मसान्तसम्ममा ७१ लाख ३८ हजार नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४४ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. ४९ लाख २६ हजार नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीले विद्युत् विक्रीबाट रू. ४ करोड १५ लाख आम्दानी गरेको छ । चुक्तापूँजी रू. २७ करोड छ । रिजर्भ कोषमा १ करोड ४१ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. २ दशमलव ६४ र प्रतिशेयर नेटवर्थ रू. १०५ दशमलव २३ छ । कम्पनीले प्रवद्र्धन गरेको ४ मेगावाटको माथिल्लो छ्याङ्दी खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोमवार भएको कारोबार अवधिमा खरीद गर्ने मात्र अर्डर छ । सो अवधिमा ७३५ कित्ता शेयर खरीद गर्ने माग थियो । कम्पनीको शेयरमूल्य रू. ९२ कायम भएको छ । सोमवार १४२ कित्ता शेयर खरीदविक्री भएको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ३५ दशमलव ४७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ७४ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य २६ दिने औसत मूल्य र १४ दिने औसत मूल्यरेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ९२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९५ मा प्रतिरोध पाउने देखिन्छ । कम्पनीको शेयरमूल्य ५८ दिनकै न्यून रू. ९२ पुगेको छ ।