ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ङादी ग्रूप पावर : कम्पनी विश्लेषण (मंगलवार, ३ असार २०७६)

Jun 18, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीको चुक्तापूँजी रू. ५३ करोड ५५ लाख ५४ हजार छ । कम्पनीले यस आर्थिक वर्षको ९ महीनासम्म विद्युत् विक्रीबाट रू. १० करोड ६६ लाख ५२ हजार आम्दानी गरेको छ । गतवर्षको सोही अवधिमा कम्पनीले रू. १० करोड ९९ लाख ७१ हजार आम्दानी गरेको थियो । गतवर्ष रू. ९ करोड ४० लाख ६ हजार सञ्चालन नाफा कमाएको कम्पनीले यस वर्ष रू. ९ करोड १७ लाख २० हजार नाफा कमाएको छ । सञ्चालन नाफामा कमी आएसँगै यो वर्ष कम्पनीको नाफा पनि घटेको छ । गत वर्ष ९ महीनासम्म रू. ४ करोड ३२ लाख २० हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड १६ लाख ९३ हजार मात्र खुद नाफा गरेको हो । सोमवार दोस्रो बजारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. १२१ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ५ अंक बढी हो ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४९ दशमलव ८२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ६१ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य २६ दिने औसत मूल्यरेखासँग जोडिएको छ भने १४ दिने औसत मूल्यरेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. १२१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १२७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ११६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)