ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गोर्खाज फाइनान्स : कम्पनी विश्लेषण (मंगलवार, ३ असार २०७६)

Jun 18, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ६ करोड ३५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १२ गुणा बढी हो । सो अवधिमा कम्पनीले रू. ५१ लाख ६ हजार नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ८ करोड ८ लाख खराब कर्जा उठाएकाले नाफामा वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ५ अर्ब ८२ करोड निक्षेप संकलन गरेको छ भने रू. ५ अर्ब १५ करोड कर्जा प्रवाह गरेको छ । चुक्तापूँजी रू. ८६ करोड ७९ लाख छ । रिजर्भ कोषमा रू. ३५ करोड २० लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. ९ दशमलव ७६, मूल्य आम्दानी अनुपात ११ दशमल ३७ र प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ५६ छ । सोमवार भएको कारोबार अवधिमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ६ हजार ६५० कित्ता शेयर खरीद गर्ने र २ हजार ८७९ कित्ता शेयर विक्री गर्ने माग थियो ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६० दशमलव ४८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव १३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम र प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य २६ दिने औसत मूल्य र १४ दिने औसत मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. १२३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ११७ मा टेवा पाउने देखिन्छ । कम्पनीको शेयरमूल्य ६१ दिनकै उच्च मूल्य रू. १२३ पुगेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)