ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बुधवार, ४ असार २०७६)

Jun 19, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले चालू आवको चैत मसान्तसम्म रू. ९ करोड १८ लाख नाफा कमाएको छ । यो नाफा गत आवकोे सोही अवधिको तुलनामा २५ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. ७ करोड ३० लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी २० प्रतिशत र सञ्चालन नाफा २५ प्रतिशत बढेकाले नाफामा वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. ६८ करोड ४३ लाख छ भने रिजर्भ कोषमा रू. १८ करोड ९२ लाख छुट्याएको छ । रिजर्भ कोषको रकम गत आवको तेस्रो त्रैमासको तुलनामा ३० दशमलव ९९ प्रतिशत बढी हो । निरन्तर रूपमा गुणस्तरीय थोक लघुवित्त वित्तीय सेवा दिने कार्यमा केन्द्रित रहने तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साझेदार संस्थामार्फत अधिकतम ऋणीसम्म वित्तीय पहुँच वृद्धि गर्न व्यवस्थापनले प्रभावकारी रूपमा काम गर्ने कम्पनीको आगामी योजना छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ४२ दशमलव शून्य ५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव १८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुन्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ३८४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३९१ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३८० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)