ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अपि पावर कम्पनी : कम्पनी विश्लेषण (बुधवार, ४ असार २०७६)

Jun 19, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ७ करोड ३१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ९१ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ३ करोड ८१ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले विद्युत् विक्रीबाट रू. १५ करोड १४ लाख आम्दानी गरेकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १९ करोड छ । रिजर्भ कोषमा रू. ७ करोड ६६ लाख छुट्याएको छ । कम्पनीले २ सय प्रतिशत अर्थात् २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद शेयर जारी गर्न २०७५ पुस ४ गते सेबोनमा निवेदन दिएको छ । विक्रीप्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । प्रतिशेयर आम्दानी (वार्षिक) रू. ८ दशमलव १९, मूल्य आम्दानी अनुपात १६ दशमलव ४८ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ४४ छ । मंगलवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो टुप्पी भाँच्चिएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४९ दशमलव ९२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव शून्य ९ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । यस्तो अवस्थामा १४ दिने औसत मूल्यरेखाले २६ दिने रेखालाई माथिबाट काट्यो भने मूल्य घट्छ । २६ दिने रेखामा टेवा पाएर फर्किएमा मूल्य बढ्ने गर्छ । हालको मूल्य २६ दिने औसत मूल्य र १४ दिने औसत मूल्यरेखाभन्दा तल छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)