ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था : कम्पनी विश्लेषण (बुधवार, ४ असार २०७६)

Jun 19, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
एनएमबी बैंकको सहायक कम्पनीको रूपमा रहेको एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले गतवर्ष समेतको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १६ करोड २० लाख ६ हजार पुगेको छ । कम्पनीले कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश समेत वितरण गरेको छ । गत पुसमा सम्पन्न साधारणसभाले कम्पनीको पूँजीवृद्धिका लागि १२५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ । आगामी दिनमा वित्तीय पहुँच कम भएका थप जिल्लामा शाखा विस्तार गर्ने कम्पनीको योजना छ । हाल कम्पनीले ५४ जिल्लामा १ सयओटा शाखा तथा उपशाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीले चैत मसान्तसम्म रू. ३ करोड ३२ लाख ८१ हजार खुद नाफा आर्जन गरेको छ । यो नाफा गतवर्षको सोही अवधिको तुलनामा ५२ दशमलव ६२ प्रतिशत बढी हो ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ३५ दशमलव ७९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २१ दशमलव ८७ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ९५० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १००० मा प्रतिरोध पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)