ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिर्जना फाइनान्स : कम्पनी विश्लेषण (बुधवार, ४ असार २०७६)

Jun 19, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले कम्पनीले पूँजीवृद्धिका लागि १० बराबर ६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा २०७५ असोज २ गते निवेदन दिएको छ । कम्पनीले २४ लाख ४ हजार ८० कित्ता हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएको हो । विक्रीप्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४६ करोड ७ लाख छ । उक्त हकप्रद निष्कासनपछि पूँजी रू. ७० करोड ११ लाख पुग्नेछ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड २८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २० प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ३ करोड ५५ लाख नाफा कमाएको थियो । गत आवको नाफाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र ९ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १८ दशमलव ५९, मूल्य आम्दानी अनुपात १२ दशमलव १६ र प्रतिशेयर नेटवर्थ रू. १३० दशमलव ५६ छ ।

कम्पनीको ४२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३५ दशमलव ६९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव शून्य ५ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. २०५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २१० मा प्रतिरोध पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)