ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटी एक्सप्रेस फाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, ५ असार २०७६)

Jun 20, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
कम्पनीले २०७४ मङ्सिर २४ गतेदेखि समस्याग्रस्त अवस्थाबाट मुक्त भएपछि निक्षेप फिर्ता भुक्तानी तथा पुरानो कर्जा असुलीको कार्यलाई निरन्तरता दिइरहेको छ । व्यवसाय वृद्धिका लागि समेत आन्तरिक गृहकार्यमा लागेकाले मौज्दात, कर्जा प्रवाह असुली केही बढेको कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव १६ र प्रतिशेयर नेटवर्थ रू. ५३ दशमलव २१ छ । चैत मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी रू. ४० करोड २१ लाख छ । सो अवधिमा कम्पनीले रू. ९४ लाख ९५ हजार नाफा कमाएको छ भने रू. ३ करोड ९६ लाख खराब कर्जा उठाएको छ । खराब कर्जा संकलन बढेकाले निष्क्रिय कर्जा १ सय प्रतिशतबाट घटेर ९ दशमलव ५८ प्रतिशतमा झरेको छ । कारोबार भएको ४८ दिनमा कम्पनीको शेयरमूल्य अधिकतम रू. १०७ र न्यूनतम रू. ९६ पुगेको छ । बुधवारको शेयर कारोबारमा कम्पनीको खरीद गर्ने मात्र माग छ । कम्पनीको ४७ दिनको कारोबार अवधिको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ५८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव २ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. १०० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १०२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ९६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)