ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आईएमई लघुवित्त : कम्पनी विश्लेषण (बिहीवार, ५ असार २०७६)

Jun 20, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
कम्पनीले ४५ जिल्लामा ६३ ओटा शाखा कार्यालयबाट ७४ हजार ३७३ जना सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । यो ग्लोबल आईएमई बैंकको सहायक कम्पनी हो । लघुवित्तमा ग्लोबल आईएमई बैंकको ७० प्रतिशत शेयर छ । कम्पनीले चैत मसान्तसम्ममा रू. ४ करोड ८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २५५ प्रतिशत बढी हो । गत आवको सोही अवधिको तुलनामा कम्पनीले रू. १ करोड १४ लाख नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १३९ प्रतिशत र सञ्चालन नाफा २३६ प्रतिशत बढेकाले नाफामा वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी १५ प्रतिशत बढेर रू. ११ करोड ४ लाख पुगेको छ । १५ प्रतिशत बोनस शेयर वितरणपछि पूँजीवृद्धि भएको हो । प्रतिशेयर आम्दानी (वार्षिक) रू. ४९ दशमलव २८ छ । बुधवारको कारोबार अवधिमा खरीद चापभन्दा विक्री चाप बढी छ । कम्पनीको ५६ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४१ दशमलव ५९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३४ दशमलव १४ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. १ हजार १९५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार २६८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार १२८ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)