ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मल्टिपर्पोज फाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, ५ असार २०७६)

Jun 20, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
कम्पनीले १ः८.६४४६९ अनुपातमा (८६४.४६∞) हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनबाट) जेठ ५ गते स्वीकृति पाएको हो । कम्पनीले स्वीकृति पाएसँगै २ लाख ८८ हजार कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले असार ११ गते बुक क्लोज गरेको छ । असार १० गतेसम्म शेयर किन्ने शेयरधनीले हकप्रद खरीदका लागि आवेदन दिन सक्छन् । विक्रीप्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ करोड १४ लाख छ । हकप्रद निष्कासन तथा बाँडफाँट गरेपछि पूँजी रू. ४० करोड पुग्नेछ । कम्पनीले बुक क्लोज तोकेसँगै बुधवार कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढेको छ । कारोबार अवधिमा खरीद गर्ने मात्र माग छ । सो अवधिमा कम्पनीको ७ हजार ४६० कित्ता शेयर खरीद गर्ने माग थियो । शेयरमूल्य रू. २१५ कायम भएको छ । बुधवार कम्पनीको १९ हजार ४० कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीको ५१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ग्रेभस्टोन डोजी बुलिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ५६ दशमलव ८९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशलमव ५६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाको बीचमा छ । बुधवारको शेयरमूल्य रू. २०५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २१५ मा प्रतिरोध पाउने र मूल्य रू. १९० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)