ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० महीनामा रू.५५ अर्बको शेयर सूचीकृत

Jun 20, 2019  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार ५, काठमाडौं । चालु आर्थिक वर्षको १० महीनामा कूल रू. ५४ अर्ब ९६ करोड बराबरको धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा’ १० महीनामा रू. २४ अर्ब ७५ करोड बराबरको साधारण शेयर सूचीकृत भएको छ । यस्तै रू.९ अर्ब २२ करोड बराबरको हकप्रद शेयर, रू. २० अर्ब २४ करोड बराबरको शेयर लाभांश र रू. ७५ करोड १७ लाख बराबरको ऋणपत्र गरी रू.५४ अर्ब ९६ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल स्टक एकसचेञ्जमा सूचीकृत शेयरको चुक्तामूल्य रू. ४ खर्ब १५ अर्ब २१ करोड पुगेको बैंकले बताएको छ । स्टकमा सूचीकृत कम्पनीको संख्या गत वैशाख मसान्तसम्म २०९ पुगेका छन् । सूचीकृत कम्पनीमध्ये १५० बैंक तथा वित्तीय संस्था, १९ ओटा बीमा कम्पनी छन् । यस्तै कूल १९ ओटा उत्पादन र प्रशोधन उद्योग, २८ ओटा जलविद्युत् कम्पनी र चार/चार ओटा होटल तथा व्यावसायिक संस्था र चार ओटा अन्य समूहका रहेका छन् । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)