ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल क्रेडिट एन्ड कमर्श बैंक : कम्पनी विश्लेषण (सोमवार, ९ असार २०७६)

Jun 24, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
वाणिज्य बैंकका लागि नेपाल राष्ट्र बैंकले तोकेबमोजिम चुक्तापूँजी यस बैंकको पुगेको छैन । हाल बैंकको चुुक्तापूँजी रू. ७ अर्ब १ करोड ८५ लाख ८७ हजार छ । यस बैंकले विगत २ आर्थिक वर्षको साधारणसभा गर्न बाँकी छ । बैंकले हालसम्म साधारणसभाको तयारी गरेको देखिँदैन । अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत भए पनि गत आर्थिक वर्षको हुन बाँकी रहेको बैंकले जानकारी दिएको छ । तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले रू. १ अर्ब १६ करोड ४० लाख ३० हजार खुद नाफा कमाएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा रू. ८३ करोड ९९ लाख ४४ हजार छ । आइतवारको कारोबारमा बैंकको अन्तिम शेयरमूल्य रू. २५७ कायम भएको छ । यो अघिल्लो दिनभन्दा १ अंक कम हो । यस दिन बैंकको ४२ हजार ५६६ कित्ता शेयर कारोबार भएको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा इभिनिङ स्टार बियरिश आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बियरिश ट्रेन्डमा रिभर्स हुने संकेत देखाउँछ । यसको विश्वसनीयता उच्च छ । आरएसआई न्युट्रल जोन ५७ दशमलव ८५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशलमव ७४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिन खोजेका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. २५७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २५८ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. २५६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)