ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन पावर पार्टनर : कम्पनी विश्लेषण (सोमवार, ९ असार २०७६)

Jun 24, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
यस कम्पनीले लमजुङ जिल्लामा २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजना २०७१ साल फागुनदेखि नै निर्माण शुरू गरेको छ । १ लाख ३४ हजारभन्दा बढी शेयरधनी रहेको यस कम्पनीको अधिकृत पूँजी रू. २ अर्ब ७० करोड छ । यस कम्पनीले जारी पूँजीबराबरको शेयर जारी गरी रू. १ अर्ब ६ करोड ५४ लाख १७ हजार चुक्तापूँजी पु¥याइसकेको छ । आयोजना निर्माणाधीन अवस्थामा रहेको यस कम्पनीले २०७४ असार १ गते सर्वसाधारणका लागि शेयर जारी गरेको थियो । आयोजनाको निर्माण हालसम्म ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । गत असार मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने आयोजना सम्पन्न नभएपछि नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौता संशोधन गरेको छ । कम्पनीले संशोधित सम्झौता अनुसार सन् २०१९ अगस्ट ३१ मा विद्युत् प्रवाह गर्ने गरी काम गरिरहेको छ । आइतवार कम्पनीको शेयरमूल्य रू. १८० कायम भएको छ । सो दिन कम्पनीको ४३० कित्ता शेयर खरीदविक्री भएको छ ।

कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४७ दशमलव ८२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशलमव शून्य ९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. १८० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १९० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १७७ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)