ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्णायक मण्डल सदस्यको टिप्पणी : बी–स्कूल कन्क्लेभ एन्ड अवार्ड २०१९

Jun 25, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar (अस)
उत्कृष्ट कलेज छनोटमा निकै नै मेहनत गर्नुपर्ने रहेछ बिना राणा प्रबन्ध निर्देशक हुमशिखा कन्सल्ट्यान्सी प्रालि मेरा लागि यस प्रकारका कलेजहरूको छनोट प्रक्रियामा रहेको यो पहिलो अनुभव हो । त्यति धेरै कलेज रहेछन् र त्यसबाट उत्कृष्ट कलेज छनोट गर्न निकै नै मेहनत गर्नुपर्ने रहेछ । यति हुँदा हुँदै पनि समयमा मागेका तथ्यांक उपलब्ध गराउन नसकेका कतिपय राम्रा कलेजहरू पनि छुटेका होलान् । यो छनोटबाट व्यवस्थापन कलेजहरूको प्रोत्साहनका लागि एउटा राम्रो अभ्यास शुरू भएको छ । यसलाई कलेजहरूले कति छिटो आत्मसात् गरेर अघि बढ्छन्, त्योचाहिँ हेर्नुपर्नेछ । त्यसैगरी यस छनोटको आयोजक न्यू बिजनेश एज प्रालिले पनि आगामी दिनमा छनोटका नयाँ नयाँ आधारहरू थप गर्दै अझ प्रभावकारी ढंगबाट काम गर्न आवश्यक छ । सन्तुलित ढंगले उत्कृष्ट कलेज छनोट भएको छ महाश्रम शर्मा पूर्व सचिव नेपाल सरकार न्यू बिजनेश एजले यो प्रक्रिया गरी देशभरबाट उत्कृष्ट बिजनेश कलेज छनोट गर्ने कार्य गर्दै आएकोमा धेरै नै धन्यवाद दिन चाहन्छु । साथै यो निर्णायक समितिले दिएका निर्देशनलाई पछ्याउँदै न्यू बिजनेश एजका साथीहरूको कडा मेहनतका लागि पनि धन्यवाद व्यक्त गर्दछु । यसको निर्णायक टोलीमा रहेर काम गर्न पाउनु मेरा लागि पनि धेरै कुराहरू जान्ने अवसर भयो । प्रादेशिक, शैक्षिक कार्यक्रम जस्ता विविध आधारमा सन्तुलित ढंगले उत्कृष्ट कलेज छनोट भएको छ । यसले सबैलाई उत्प्रेरणा मिलेको पाएको छु । आशा छ, उत्कृष्ट बिजनेश कलेज हुनका लागि आवश्यक मापदण्डहरू पूरा गर्दै आगामी वर्षहरूमा अन्य कलेजहरू पनि अगाडि आउनेछन् । निर्णायक समतिका हैसियतले हामीले आफ्नो व्यावसायिक ज्ञानको अधिकतम प्रयोग गरी उत्कृष्ट कलेज छनोट गरेका छौं । अवार्डमा छनोटका आधार पछ्याउँदै अघि बढे व्यवस्थापन शिक्षाले फड्को मार्नेछ शैलेन्द्रराज गिरी संस्थापक, अध्यक्ष एवं प्रबन्ध निर्देशक मेरो जब डटकम प्रत्येक वर्ष थपिँदै गएका उत्कृष्ट कलेज छनोटका आधारहरूले अवार्डलाई झन् झन् विश्वसनीय बनाउँदै लगेको छ । हाम्रो जस्तो कलेजको नाम सूची मात्रै पनि सही रूपमा पाउन गाह्रो रहेको देशमा ‘जिरो लेभल’ देखि काम गरेर उत्कृष्ट छनोटसम्म गर्नु सामान्य कुरा होइन । यो अवार्डले कलेजहरूलाई ¥यांकिङ गरेको नभई उत्कृष्ट बिजनेश कलेज बन्ने आधारहरू समेत दिएको छ । यो निकै महŒवपूर्ण कुरा हो । यिनै आधार पछ्याउँदै कलेजहरू अघि बढ्ने हो भने नेपालको व्यवस्थापन शिक्षाले ठूलो फड्को मार्नेछ । व्यवस्थापनको जनशक्ति देशका हरेक क्षेत्रमा आवश्यक रहेको सन्दर्भमा व्यावसायिक, नीतिगत र शैक्षिक क्षेत्रले सहकार्य गर्न आवश्यक छ । तब मात्रै के र किन पढाउने, कति जनशक्ति उत्पादन गर्ने भन्ने निक्र्योल हुन्छ र शिक्षित जनशक्ति देशमै उपयोगमा आउँछ । होइन भने अन्तरराष्ट्रियस्तरको भनी दिइरहेको शिक्षाले रोजगारी बजारका लागि विदेशतिरै मात्र धकेलिरहन्छ । विशिष्टीकृत क्षेत्रहरू पहिचान गरी अध्ययन गर्नु आवश्यक विकेश प्रधानांग प्रबन्ध निर्देशक, जेड कन्सल्ट कलेज छनोट प्रक्रियामा क्रमिक सुधार हुँदै गएको छ । प्रत्येक वर्ष छनोटका आधारहरू थपिँदै गएका छन् । यसले कलेजहरूको भित्री तथ्य–तथ्यांक पनि बाहिर निकाल्न र छनोट प्रक्रियालाई अझै विश्वसनीय बनाउन मद्दत पु¥याउनेछ । आगामी वर्षहरूमा पनि उत्कृष्ट कलेज छनोटका लागि अध्ययन गर्नुपर्ने विशिष्टीकृत क्षेत्रहरू पहिचान गरी अघि बढ्न आवश्यक देखिएको छ । देशभरिका कुनै पनि कलेज यो प्रक्रियाबाट बाहिर नपरून् भन्ने उद्देश्यले व्यावहारिक ढंगबाट काम गर्नुपर्नेछ । व्यावसायिक शिक्षाको गुणस्तर बढाउन सहयोगी अनुकूल भटनागर प्रबन्ध निर्देशक एसबीआई बैंक न्यू बिजनेश एजको अवार्ड कार्यक्रमबाट प्रभावित भएको छु । अवार्डका लागि स्कूल÷कलेज छनोटको तरीका चुस्त र व्यावहारिक छ । उचित मूल्यांकनका साथ व्यावसायिक स्कूल/कलेज छनोट गरिएको छ । न्यू बिजनेश एजले गर्दै आएको यो कार्यक्रम निरन्तर अगाडि बढ्ने आशा गरेको छु । नेपालमा केही यस्ता समूह पनि छन्, जसले पुरस्कार वितरणमात्र गर्छन्, परिणाम केही हुँदैन । सबै बिजनेश स्कूल कार्यक्रममा सहभागी भएका छन् । यो अवार्ड कार्यक्रममा अवार्ड नजित्ने बिजनेश स्कूल अर्को वर्ष पुरस्कार जित्न चाहनेछन् । यस्ता कार्यक्रमले व्यावसायिक शिक्षाको गुणस्तर बढाउन ठूलो योगदान गर्छ । यस्तो अवार्ड कार्यक्रमबाट सबै बिजनेश स्कूल तथा कलेज गुणस्तर वृद्धि र विकासका लागि उत्साहित हुनेछन् । कार्यक्रमले स्कूल तथा कलेजको गुणस्तर बढाउन मद्दत गर्ने विश्वास लिएको छु । सामाजिक जिम्मेवारी बढाएको छ रवि सिंह अध्यक्ष, निर्माण व्यवसायी महासंघ यो अवार्ड कार्यक्रम प्रशंसनीय छ । यस कार्यक्रमबाट न्यू बिजनेश एजले आफ्नो कर्पोरेट सामाजिक जिम्मेवारी झल्काएको छ । अवार्ड समारोहले व्यवस्थापन कलेज र व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गरेको मेरो बुझाइ छ । देशभरका स्कूल/कलेजबाट उत्कृष्टको छनोट गर्नु आफैमा एक चुनौती हो । यस्तो चुनौती हुँदाहुँदै पनि उत्कृष्ट विद्यालय छनोट गर्न सफल भएकोमा न्यू बिजनेश एज परिवारलाई बधाई व्यक्त गर्दछु । कार्यक्रमले बिजनेश कलेज तथा स्कूललाई थप जिम्मेवार बनाएको महसूस गरेको छु । नेपालभर २५ प्रतिशत कलेजको मात्र वेबसाइट रहेको जानकारीमा आएको छ । आशा छ, अर्को वर्ष सबै स्कूल तथा कलेजको आफ्नै वेबसाइट हुनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)