बी–स्कूल कन्क्लेभ एन्ड अवार्ड २०१९ बारे सरोकारवालाहरूका विचारहरू - १
Jun 25, 2019
 
अभियान परिशिष्ट (सप्लिमेन्ट)
यस्ता कार्यक्रम स्थानीय क्षेत्रमा नै हुनुपर्छनारायण पौडेल, कार्यक्रम निर्देशकमध्यपश्चिमाञ्चल विश्व विद्यालय, सुर्खेत
समग्रमा कार्यक्रम राम्रो छ । यसपटक प्यानल डिस्कसन पनि राखिएको छ, जुन कार्यक्रमको एकदमै राम्रो सेसन हो । यस प्रकारको कार्यक्रम ज्ञानवर्द्धक हुनुका साथै यसले कलेजलाई प्रतिस्पर्धी बनाई शैक्षिकस्तर वृद्धि गर्ने प्रेरणा पनि दिएको छ । यसले देशभरका कलेजहरूबीच सम्बन्ध बढाएको छ । समग्र व्यवस्थापकीय क्षेत्रको विकास गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण हुने भएकाले निरन्तर तथा विस्तारित रूपमा हुन आवश्यक छ । कमजोरी खासै पहिचान गर्न सकिएको छैन । तर यस प्रकारका कार्यक्रम स्थानीयस्तरमा पनि गर्न पाए अझ राम्रो हुने थियो ।
आयोजकले निश्पक्ष अवार्ड वितरण गरेको छशम्भु क्षेत्रीफाउन्डर/प्रिन्सिपल,प्रेसिडेन्सी कलेज
कार्यक्रम राम्रो मात्र नभएर धेरै राम्रो छ । पहिलो कार्यक्रममा हामीले फस्ट अवार्ड जितेका थियौं, आज पुनः अवार्ड पाउँदा खुसी लागेको छ । कार्यक्रम एकदमै निष्पक्ष भएको देखिन्छ । हामीलाई यस विषयमा केही थाह नै थिएन, हामीले एप्लिकेसन पनि दिएका थिएनौं । आयोजकले आफै अध्ययन गरेर यो अवार्ड वितरण गरेको रहेछ । यसरी व्यवस्थापकीय शिक्षाको प्रोत्साहन गर्नेगरी कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद भन्नैपर्छ ।
आफै कलेजको अध्ययन गरेर छनोट गरी पुरस्कार वितरण गरेकोले शंका गर्ने ठाउँ छैन । अर्को कुरा यसले व्यवस्थापकीय शिक्षाको क्षेत्रमा प्रतिस्पर्धा पनि बढाउने देखिन्छ । कमजोरी केही देखिन्न । आजै पहिचान गर्ने कुरा पनि होइन । आगामी दिनमा यस कार्यक्रमको विषयमा केही सुझाव त जरुर दिनेछौं ।
सरकारले नहेरेको बेला यस्तो कार्यक्रम हुनु उत्साहजनकमहाप्रसाद हड्खलेक्याम्पस प्रमुख, आदिकवि भानुभक्त कलेज
तीनओटा विषयमा पुरस्कार पाउँदा एकदमै खुसी लागेको छ । यो कार्यक्रम उत्साहजनक लागेको छ । हामीले ९० प्रतिशत ग्रामीण विद्यार्थी पढाइरहेका छौँ । जसमा १८ प्रतिशत दलित विद्यार्थी छन् । हाम्रो कलेजमा पढ्ने ७२ प्रतिशत विद्यार्थी सीमान्तकृत समुदायका छन् । हामीले विद्यार्थीलाई वार्षिक २० लाख रुपैयाँ बराबरको छात्रवृत्ति दिने गरेका छौं । त्रिभुवन विश्वविद्यालयकै स्तरमा कर्मचारीलाई तलब भत्ता दिएका छौं । रिजल्टको कुरा गर्दा गतवर्ष हामी एमबीएसमा नेपाल टप र यस वर्ष एमएडमा नेपाल टप हौं । उच्च शिक्षाका लागि हामीले कलेज उत्कृष्ट बनाएका छौं । तर पनि सरकारले हामीलाई कुनैपनि किसिमले सहयोग गरेको छैन । यस प्रकारको कार्यक्रमले हामीहरूका लागि उत्साहपूर्ण बनेको छ । तर कलेजलाई जानकारी अलि छिटो भैदिए अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ । यही एक महीनाको बीचमा कार्यक्रमबारे हामीले जानकारी पाएका थियौं ।
व्यावहारिक ज्ञानको कमी छप्रदीपकुमार श्रेष्ठप्रबन्ध निर्देशक, पञ्चकन्या ग्रुप
जहाँसम्म नेपालमा कुशल जनशक्तिको हिसाबले र व्यवस्थापन क्षेत्रबाट हेर्दा पछिल्लो समय क्षमता बढेको देखिन्छ तर अनुभवको कमी देखिन्छ । उनीहरूको काम गराईमा व्यावहारिक ज्ञान कम देखिएको छ । यसलाई अन्य टे«निङ, काम लगायतका क्षेत्रबाट क्षमतावान बनाउन सकिन्छ । तर पहिलेका दिनहरू हेर्ने हो भने आजको दिनमा व्यवस्थापन कौशलमा वृद्धि भएको छ । सबैभन्दा ठूलो कुरा भनेको सही तरिकाबाट धेरै फाइदा लिन सक्नु नै हो । त्यसको कमजोरीले गर्दा हामीले हाम्रो स्रोतसाधनलाई सदुपयोग गर्न सकेका छैनौं ।
बिजनेश स्कूलको दायित्व बढेको छटेकनाथ भण्डारीप्रमुख, आस्था कलेज
कार्यक्रम एकदमै राम्रो हो । कार्यक्रम के हो किन हो र केका लागि हो भन्ने पनि थाह थिएन । यस विषयमा हामीलाई केही जानकारी थिएन । आयोजकले धेरै कुरा हेरेर आवश्यक प्रक्रिया पूरा गरेर छनोट गरेको देखिन्छ । यस कार्यक्रमले बिजनेश कलेजहरूलाई प्रोत्साहन गरेको छ । हामी बिजनेश स्कूलको दायित्व बढेको छ । न्यू बिजनेश एजले सम्पर्क गरेको थियो तर किन हो थाह थिएन । आज अपर्झट पुरस्कार पाउँदा खुसी लागेको छ । प्रमुख कुरा पुरस्कार प्रदान गर्न राखिएका शर्त राम्रो लाग्यो । मापदण्ड प्रशस्त छन् । धेरै कुरा हेरेर छनोट गरेको देखिन्छ । कार्यक्रमको निरन्तरताको कामना गर्दछु ।
फिल्ड भिजिट पनि गर्नुपर्योअरुण केसीप्राचार्य, नेशफिल्ड कलेज
समग्रमा कार्यक्रम राम्रो लाग्यो । कलेजको शैक्षिकस्तर वृद्धि गर्न यसले प्रोत्साहन पनि गरेको छ । यसले गर्दा विद्यार्थीमा राम्रो प्रभाव जाने पनि देखिन्छ । राम्रा मापदण्ड राखे पनि अवार्डको लागि छनोट गर्दा मापदण्डअनुसार छनोट भएर न्यायपूर्ण अवार्ड वितरण भएजस्तो देखिन्न । आयोजकले कलेजलाई सम्पर्क गर्दा कलेजले भन्दिएअनुसार हचुवाको भरमा छनोट गरिएको देखियो । आज यहाँ पुरस्कार प्राप्त गरेको कतिपय कलेज तोकेको मापदण्ड अनुसार नभएको मैले देखेको छु । मुख्य कुरा फिल्ड भिजिट भएन । आगामी दिनमा कलेजमै गएर फिल्डभिजिट गरेर मूल्यांकन गर्दा यस कार्यक्रमको स्तर अझ बढ्ने देखिन्छ । यस विषयमा पनि आयोजकले सोच्न जरुरी छ ।
छनोटका लागि मापदण्ड बढाउनुपर्छनवराज अधिकारीप्राचार्य, बर्नहार्ट कलेज बल्खु
कार्यक्रम राम्रो लाग्यो । कलेजलाई इन्करेज गरेको देखिन्छ । बिजनेश स्कूलबीच कार्यक्रमले प्रतिस्पर्धा बढाएको छ यसले गर्दा सकारात्मक प्रतिफल निस्किने देखिन्छ । हामी जवाफदेही हुनुपर्छ भन्ने कार्यक्रमले सिकाएको छ । तर अवार्ड वितरण कार्यक्रम लामो भयो । यसलाई छोट्टाउनेतर्फ पनि सोच्न आवश्यक छ जस्तो देखिन्छ । अर्को कुरा अवार्डका लागि छनोट गर्ने मापदण्ड बढाएर कलेजले उत्पादन गरेका विद्यार्थी कहाँ पुगे र के गरिरहेका छन् भन्ने पनि बुझ्न आवश्यक देखिन्छ । कलेज राम्रो भनेर मात्र भएन कलेजले कस्ता विद्यार्थी उत्पादन गरेको छ भन्ने पनि आवश्यक कुरा हो ।
शिक्षा पद्धतिको विषयमा गम्भीर हुन आवश्यक छशैलेन्द्र गुरागाईंअध्यक्ष, ईप्पान
जनशक्ति हाम्रो अव्यावहारिक, अप्राकृतिक र दलाली गर्ने खालको शिक्षाबाट ग्रसित छ । व्यावहारिक र प्राकृतिक शिक्षाको कमी सँगैं दीक्षित भएपश्चात् काम पाउँने खालको शिक्षाको कमी छ । यस्तो शिक्षाको बारेमा गम्भीर रुपले सोच्नुपर्ने देखिन्छ जुन शिक्षा प्राप्त गरेको व्यक्ति बेरोजगार बस्न नपरोस् । टेक्निकल शिक्षामा जोड दिनुपर्छ र यस किसिमको शिक्षालाई राज्यले सम्मान गर्नुपर्छ । व्यवस्थापनको हिसाबले नेपाली प्राविधिक, इन्जिनियर र व्यवस्थापक विश्वमा उत्कृष्ट छन् ।
यस्ता कार्यक्रम निरन्तर हुनुपर्छपुष्पराज अधिकारीनिर्देशक, काठमाडौँ कलेज अफ मम्यानेजमेन्ट
कार्यक्रम एकदमै राम्रो लाग्यो । यसप्रकारका कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्छन्, जसकारण पनि यस किसिमका कार्यक्रम हुनुपर्छ । अवार्ड पाउँदा खुसी लागेको छ । छनोट प्रक्रियादेखि सबै कुरा मन परे । समग्रमा कार्यक्रमको विषयमा गर्नुपर्ने त्यस्तो कुनै कमेन्ट देखिन्न । यस्ता कार्यक्रम निरन्तर हुनुपर्छ, आगामी दिनमा पनि हुँदै जाओस् भन्ने शुभकामना ।
उत्कृष्टताको आधारमा पनि मूल्यांकन हुनुपर्छनरेन्द्र वज्राचार्यअध्यक्ष, इन्टरनेशनल स्कूल टुरिजम अफ होटल म्यानेजमेन्ट
यो कार्यक्रम प्रभावकारी बनाउन थप गहिराइमा गएर कलेजहरूको मूल्यांकन गर्नु आवश्यक छ । व्यवस्थापन कलेजबाट ग्य्राजुएट भएका विद्यार्थीलाई इन्डस्ट्रीले कसरी लिएको छ, विदेशमा कस्ता मौका पाएका छन्, होटलहरूमा कस्तो माग छ भन्ने जस्ता विषयलाई पनि आधार मानेर मूल्यांकन गर्नुपर्छ । साथै शिक्षाको उत्कृष्टताको आधारमा पनि मूल्यांकन गर्नु आवश्यक छ । हामीले विशेष रूपमै यस्तो विषयमा अध्यापन गराउँदै आएका छौं । हामीले सञ्चालन गर्ने कक्षाहरू पनि अन्य कलेजका भन्दा उत्कृष्ट छन् । वर्षेनि विदेशी फ्याकल्टिजहरूलाई लिएर विद्यार्थीलाई क्लास दिइरहेका छौं । तर त्यसको उचित मूल्यांकन नभएको हो कि जस्तो लाग्छ ।
अनुसन्धानमा आधारित मूल्यांकन हुनुपर्छरामचन्द्र पौड्यालफर्स्ट कोअर्डिनेटर, तिलोत्तमा क्याम्पस
हामी फरक क्षेत्रका शिक्षक मिलेर यो कलेज स्थापना गरेका हौं । धेरै संघर्ष गरेर कलेजलाई यो स्थानमा ल्याएका छौं । अहिले यसको उचित मूल्यांकन भएको महसूस भएको छ । हाम्रो कलेजका विद्यार्थी र शिक्षकमा अनुशासन छ । एयर कन्डिशनसहितको हल लगायत सुविधासम्पन्न भवन निर्माण गरेका छौं । साथै शिक्षाको गुणस्तरलाई ध्यानमा राखेर काम गर्दै आएका छौं, जसले गर्दा हामी यो अवार्ड जित्न सफल भयौं जस्तो लाग्छ ।
कार्यक्रमले हामीलाई हौसला प्रदान गरेको छ । यसलाई थप प्रभावकारी बनाउन अनुसन्धानमा आधारित मूल्यांकन गर्न आवश्यक छ । हाम्रो विद्यार्थी जागीर खोज्दै हिँड्छन् कि, स्वरोजगारी सृजना गर्नेतर्फ लाग्छन् भन्ने विषयलाई पनि ध्यानमा राखेर मूल्यांकन गर्नुपर्छ ।
सबै कलेजको वास्तविकता अध्ययन आवश्यकअनन्तराज घिमिरेकार्यक्रम निर्देशक, युनिग्लोब कलेज
अवार्डले हामीलाई हौसला मिलेको छ । अहिले हामी उद्यमशीलता विकास गर्नुपर्छ भन्ने सोचसहित अगाडि बढेका छौं । त्यसका लागि ‘इन्कबेशन सेन्टर’ स्थापना पनि गरेका छौं । यसले विद्यार्थीको कुनै पनि योजनालाई व्यवसायमा रूपान्तरण गर्न मद्दत पुगेको छ । साथै हामीले कम्युनिकेशन ल्याबको स्थापना गरेर विद्यार्थीलाई सम्बन्धित व्यक्ति तथा क्षेत्रसँग निरन्तर सम्पर्कमा रहने अवसर प्रदान गरेका छौं । यस्तो प्रयास सफल बनाउन अवार्डले टेवा पुगेको छ । समग्र शिक्षा क्षेत्रको विकासका लागि अवार्डको महŒवपूर्ण भूमिका छ । यो कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सबै कलेजको वास्तविकता अध्ययन गरेर मूल्यांकन गर्न आवश्यक छ ।
शिक्षाको विकासमा सघाउ पुर्याउँछसुनीलवल्लभ पन्तसीईओ, एनएलजी इन्स्योरेन्स
न्यू बिजनेश एजले आयोजना गर्दै आएको यो कार्यक्रमले नेपालको शिक्षाक्षेत्रमा सकारात्मक प्रभाव पारेको छ । विभिन्न विधा र मापदण्डमा पुरस्कृत गर्ने गरिएको छ, जसले कलेजहरूलाई नेपालमा नभएका, तर आवश्यक रहेको शिक्षा (शैक्षिक प्रोग्राम)को विकास र विभिन्न प्रविधिको प्रयोग कसरी गर्ने भन्ने विषयमा स्पष्ट पारेको छ । नेपालको सन्दर्भमा शैक्षिक क्षेत्रमा बीमासम्बन्धी विषयवस्तुलाई त्यति प्राथमिकता दिइएको पाइँदैन । साथै कलेजहरूलाई शैक्षिक गतिविधि उत्कृष्ट बनाउन पनि हौसला प्रदान गरेको देखिन्छ । यसका अलावा विद्यार्थीलाई सुदृढ राज्यको परिकल्पना गर्न सहयोग पुगेको छ । यस्ता विषयलाई दृष्टिगत गर्दै आगामी दिनमा कार्यक्रमलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक छ ।
डिजिटल युगलाई आत्मसात् गर्दै लैजानुपर्ने सन्देश दिएको छलक्ष्मण केसीकार्यकारी निर्देशक, प्रेसिडेन्सियल बिजनेश स्कूल
यस्ता अवार्डले स्वस्थ प्रतिस्पर्धाका लागि बी स्कूलहरूलाई उत्प्रेरणा दिन्छ । बी स्कूलहरूको गुणस्तर वृद्धि गर्न यसले हौसला दिन्छ । यसपालिदेखि हामी पनि यसमा सहभागी भएका छौं । न्यू बिजनेश एजकोे छनोट प्रक्रिया पारदर्शी छ, यसले यसलाई अझ व्यवस्थित गर्दै लैजानुपर्छ ।
कन्कलेभमा भएको व्यवस्थापन शिक्षाको महत्त्व सम्बन्धी छलफलले पनि व्यवस्थापनका जनशक्ति सरकारी निकायमा जानुपर्छ भन्ने सन्देश दिएको छ । एमबीए गरेकालाई सरकारी निकायमा जान म पनि आग्रह गर्छु । सबै कुरा पैसा मात्र हुँदैन । यो मुलुक हामीले नै बनाउनुपर्छ । विज्ञतालाई पैसासँग मात्र जोड्नु हुँदैन सामाजिक विकास र समृद्धिसँग पनि जोड्नपर्छ । नेपालका अधिकांश बी स्कूलहरूको वेबसाइट छैन । अहिलेको डिजिटल युगमा यो अपरिहार्य छ । यो कार्यक्रमले मुलुकभरिका स्कूललाई आधुनिक युग अर्थात् डिजिटल युगलाई आत्मसात् गर्दै जानुपर्छ भन्ने सन्देश दिएको छ ।
जनशक्ति उत्पादन गर्नमा यसले टेवा दिन्छमोहन ओझाप्रबन्ध निर्देशक, ग्रोथ सेलर
कन्कलेभ धेरै राम्रो छ । यसले इन्करेज गरेको छ । विगतमा निर्णायक भएर काम गर्दा पनि यसले व्यवस्थापन संकायका स्कूलहरूलाई उत्साह थपेको पाएको छ । म्यानेजमेन्ट गर्ने जनशक्ति उत्पादन गर्नमा यसले टेवा दिन्छ भने विश्वास छ । वेल म्यानेज गर्न पनि यसले बिजनेश स्कूलहरूलाई हौसला दिन्छ । यसपालिदेखि शुरू गरेको कन्कलेभले नेपाललाई कस्तो जनशक्ति चाहिन्छ भन्ने सन्देश दिएको छ । सरकारी निकाय, निजी निकाय र प्राज्ञिक क्षेत्रबीच भएको ग्यापलाई यसले हटाउन एउटा सन्देश दिएको छ । सबै आआफ्नै तरीकामा गइरहेको परिप्रेक्ष्यमा यसले एउटा बाटो दिएको जस्तो लाग्छ । वर्षेनि परिमार्जन र व्यवस्थित गर्दै लगेको पाएको छु । नयाँ एक्सपर्टहरू ल्याई उद्यमी, व्यापारी र प्राज्ञिक क्षेत्रबीचको खाल्डो हटाउने प्रयास निरन्तर होस् भने चाहन्छु ।
गुणस्तर बढाउनमा यसले टेवा दिन्छप्रतापजंग पाण्डेप्रबन्ध निर्देशक, कैलाश हेलिकोप्टर
अत्यन्तै राम्रो र सराहनीय कार्य न्यू बिजनेश एजले गरेको छ । शिक्षाक्षेत्रलाई सम्मान गर्ने काम खासै अरूले नगरेको अवस्थामा न्यू बिजनेश एजले गरेकोमा आभारी छु । यसले गर्दा प्राज्ञिक क्षेत्रको हौसला बढ्न गई गुणस्तर बढाउनमा टेवा दिन्छ । आगामी दिनमा व्यवस्थापन संकायको शैक्षिक स्तर सुधार्न र देशलाई आवश्यक जनशक्ति उत्पादनमा आवश्यकता र मागका बारेमा स्पष्ट पार्न यो कार्यक्रमले सहयोग गरेको छ ।
एमबीए, बीबीए गरे पनि केही तालीम दिनुपर्ने अवस्था छ । जराबाट सुधार गरी शैक्षिक क्षेत्रमा सुधार्नु आवश्यक छ । यो कार्यक्रमले हामीलाई कस्तो किसिमको जनशक्ति आवश्यक छ भने सन्देश दिनुपर्छ जस्तो लाग्छ ।
गुणस्तरीय शिक्षामा टेवासुनील केसीसीईओ, एनएमबी बैंक
शैक्षिक क्षेत्रका लागि यो कार्यक्रम एकदम महत्त्वपूर्ण छ । विशेषगरी पाँचौं संस्करण धेरै प्रभावकारी लाग्यो । यस कार्यक्रमले नेपालको समग्र शिक्षाक्षेत्र विकासमा टेवा पुगेको छ । कार्यक्रमले सर्वोत्तम शिक्षा प्रणालीलाई बढावा दिएको छ । बैंकिङ क्षेत्रमा हामी सक्रिय हुन र उत्पादन बढाउन मावनीय स्रोतको आवश्यकता छ । यस प्रकारको पुरस्कारले कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गर्न प्रोत्साहित गर्छ । प्रायः बैंकहरू गुणस्तरीय शिक्षाबाट लाभान्वित हुने सम्भावना रहन्छ । म आयोजकहरूलाई आप्mनो क्षेत्रको विस्तार गर्न र आगामी संस्करणमा शिक्षाका अतिरिक्त अन्य क्षेत्र पनि सामेल गर्न सुझाव दिन्छु ।
देशभरका कलेज समावेश गरिनुपर्छविनायक शाहप्रथम उपाध्यक्ष, होटल एशोसिएशन नेपाल
पुरस्कार समारोहले व्यवस्थापन विद्यालय र देशको समग्र शिक्षा प्रणालीलाई प्रोत्साहित गरेको छ । यसले कलेजलाई सुध्रन उत्प्रेरित गरेको छ । यस्तो कार्यक्रम आयोजनाका लागि म ‘न्यू बिजनेश एज प्रालि’को प्रशंसा गर्छु । होटल व्यवसायमा पनि यस प्रकारको कार्यक्रम आवश्यक छ । यसले दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । साथै संस्थाको विकासमा मद्दत पुग्छ । शिक्षा र मानवीय स्रोतको गुणस्तर बढाउन यो कार्यक्रम महत्त्वपूर्ण हुन्छ ।
पुरस्कारको मापदण्डले शिक्षामा गुणस्तर बढाउन थप प्रेरणा दिन्छ । यस्तै उत्कृष्ट मानव स्रोत उत्पादनमा समेत सघाउ पुग्छ । १ हजार ८७५ कलेजमध्ये ४७७ कलेजको मात्र वेबसाइट भएको कुराले दुःख लाग्यो । अर्को कुरा, पुरस्कारका लागि चयन र आवेदन प्रक्रिया चाँडै शुरू गर्नुपर्छ । यसपटकको पुरस्कारले शहरी क्षेत्रका विद्यालय र कलेजलाई समावेश गर्यो । तर आगामी कार्यक्रममा अधिकांश विद्यालय र कलेजलाई समावेश गराउन देशभर प्रचार प्रसार हुनुपर्छ ।
छनोटको तरीका उत्कृष्टसशिन जोशीकार्यकारी निर्देशकजावलाखेल ग्रूप अफ इन्डस्ट्रीज
न्यू बिजनेश एज प्रालिले यो कार्यक्रम आयोजना गरेर उत्कृष्ट काम गरेको छ । यस्तो कार्यक्रमले कलेज र विद्यार्थीलाई प्रोत्साहन गर्छ । कार्यक्रममा कलेज वा विद्यालय छनोट गर्ने तरीका उत्कृष्ट छ । यसले नेपालमा व्यावसायिक शिक्षाका लागि प्रोत्साहन गरेको छ, जुन राम्रो काम हो ।
हामी व्यक्तिको प्रतिभाको मूल्यांकन गर्न मन पराउँछौं । एकेडेमीहरू सधैं उत्कृष्ट विद्यार्थीको खोजीमा हुन्छन् । यस्ता विद्यार्थी पनि छन्, जो उत्कृष्ट विद्यालयको खोजीमा हुन्छन् । यस्तोमा उत्कृष्ट बिजनेश कलेजहरू मानवीय स्रोतको पुल बनिरहेका छन् । आगामी संस्करणमा कार्यक्रमलाई थप उत्कृष्ट बनाउँदै लैजान सकिन्छ ।