ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बी–स्कूल कन्क्लेभ एन्ड अवार्ड २०१९ बारे सरोकारवालाहरूका विचारहरू - २

Jun 25, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आर्थिक अभियान
व्यवस्थापन पढेकाहरू हरेक क्षेत्रमा आउनुपर्‍यो खगराज बराल सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय व्यवस्थापन अध्ययन गरेका विद्यार्थीको आकर्षण बैंक तथा वित्तीय संस्था, कर्पोरेट हाउसहरूमा मात्र छ । उनीहरू सरकारी सेवामा पनि आउनुपर्‍यो । सरकारी सेवामा व्यवस्थापनका विद्यार्थी आए यसको कमीकमजोरी तथा त्रुटि पत्ता लगाएर सुधार गर्न सकिन्थ्यो । एमबीए पढेकाहरू व्यापार व्यवसाय, कर्पोरेट हाउसमात्र ताक्ने गर्छन् । धेरै पैसाको पछाडि लाग्नेहरूले सरकारी सेवाबाट प्रशस्त पैसा कमाउन सक्दैनन् । यसले गर्दा पनि लोकसेवाबाट राम्रा व्यवस्थापक ल्याउन नसकेको हुन सक्छ । मुलुकलाई साँच्चै सुधार्ने हो भने व्यवस्थापन अध्ययन गरेकाहरू हरेक क्षेत्रमा आउनुप¥यो । वार्षिक ६० हजार युवाले नो अब्जेक्शन लेटर बुझ्ने गरेका छन् । यति धेरै संख्यामा नेपालीहरू अध्ययनका लागि विदेशिएका छन् । ‘नपढेकाले हलो छाडे, पढेकाले थलो छोडे’ । सम्मान गर्ने र उत्साहित गर्ने कार्यक्रम मदन लम्साल अध्यक्ष न्यू बिजनेश एज प्रालि यस वर्षको कार्यक्रम अघिल्ला संस्करणभन्दा केही पृथक् भएको छ । यस पटकदेखि नयाँ भागको रूपमा थपेको कन्क्लेभमा नेपालको व्यवस्थापन शिक्षा कस्तो हुनुपर्छ भनेर चर्चा भएको छ । नेपाललाई चाहिने भोलिका लिडरहरू अर्थात् व्यवस्थापक र नयाँ उद्यमी उत्पादन गरिरहेका व्यवस्थापन कलेजहरूलाई सम्मान गर्ने र उत्साहित गर्ने कार्यक्रम नै न्यूबिज बिजनेश स्कूल अवार्ड हो । प्राकृतिक स्रोतले सम्पन्न भएर पनि योग्य व्यवस्थापकहरूको अभावमा विकासको दृष्टिले देश पछि परेकोमा कुनै शंका छैन । व्यवस्थापन कलेजको भूमिका यहीँनेर आउँछ । आगामी पुस्तालाई एउटा सुन्दर भोलिको नेपाल हस्तान्तरण गर्न हाम्रो तर्पmबाट सानै भए पनि योगदान गरौं भन्ने अभियानमा हामी छौं । अवार्ड वितरणमा हुनैपर्ने विश्वसनीयता र निष्पक्षताको महत्त्व लाई हामीले सकेसम्म न्याय गरेका छौं । इमानदारीपूर्वक यसका लागि चाहिने व्यावसायिकता, निर्णायक मण्डलका सदस्यहरूको स्वतन्त्रता र आवश्यक तथ्य, तथ्यांक संकलन लगायत पक्षमा मेहनत र विशेष ध्यान दिएका छौं । संसारका उत्कृष्ट अभ्यास र मूल्यांकनका मापदण्डहरूलाई सकेसम्म हाम्रो सन्दर्भमा प्रयोग गर्दै यो अवार्डलार्ई अन्तिम स्वरूप दिइएको छ । हामीले हरेक वर्ष आवश्यक सुधार गर्दै आएका पनि छौं । अघिल्लो वर्षको बिजनेश स्कूल रेटिङ–र्‍यांकिङ अवार्ड सकिएलगत्तै यो वर्षको लागि तथ्यांक संकलनमा हामी जुटेका थियौं । काठमाडौं तथा प्रदेशका गरी करीब २५ जनाको समूहले यसलाई आजको यो कार्यक्रमसम्मको अवस्थामा ल्याइपुर्‍याएको हो । हामी व्यवस्थापन कलेजका सम्पूर्ण सञ्चालक, शिक्षक र यससँग सम्बन्धित सबैलाई उहाँहरूको लगन, मेहनत र प्रतिबद्धताका लागि हार्दिक सम्मान व्यक्त गर्दछौं । हामीले कलेजहरूले गरेको कामको मूल्यांकन गर्न मात्र खोजिरहेका छैनौं, कलेजहरूले राम्रा व्यवस्थापकहरू उत्पादन गरून्, देशले अझ राम्रा लिडरहरू पाउन सकोस् भनेर केही आशा र उत्साह भर्ने प्रयास पनि गर्न खोजेका हौं । हामीले यो हाम्रो कर्तव्य ठानेका छौं । यो हाम्रा लागि व्यवसाय होइन, यो हाम्रो एक सामाजिक उत्तरदायित्व हो । कार्यक्रमको मुख्य प्रायोजन हाम्रो गौरव सोमेश्वर सेठ प्रमुख कार्यकारी अधिकृत एभरेस्ट बैंक यो कार्यक्रमको मुख्य प्रायोजन गर्न पाउनु हाम्रो गौरव हो । हामीले शुरुआतदेखि नै कार्यक्रमलाई सहयोग गर्दै आएका छौं । यद्यपि एभरेस्ट बैंक प्रायोजनका लागि मात्र सहभागी भएको होइन । हामी नेपालको समग्र व्यवस्थापन शिक्षालाई सुधार तथा सुदृढ गर्ने उद्देश्यले संलग्न भएका हौं । यो कार्यक्रममा सहभागी भएर हामीले नेपालभरका व्यवस्थापनलाई सहयोग गर्न चाहेका हौं । अवार्ड कार्यक्रममा रेटिङ–¥यांकिङको कुरा आए पनि व्यवस्थापन शिक्षामा योगदान दिने कलेजलाई सम्मान गर्नुपर्छ भन्ने ठानेका छौं । बैंकको सामाजिक संस्थागत उत्तरदायित्व (सीएसआर)अन्तर्गतका विभिन्न कार्यक्रमजस्तै यो कार्यक्रमलाई समेत महŒव दिएका छौं । यसबाहेक हामीले नेपालभरका विभिन्न विद्यालय तथा कलेजमा सामाजिक संस्थागत उत्तरदायित्व (सीएसआर) अन्तर्गत धेरै काम गरिरहेका छौं । निष्पक्ष मूल्यांकन गरेका छौं किशोर थापा पूर्वसचिव तथा जूरी प्रमुख व्यवस्थापन कलेजको मूल्यांकन हामीले पारदर्शी प्रक्रियाअनुसार गरेका छौं । यो जश पाउने काम त होइन, तर हामीले सबैलाई निष्पक्ष गर्न धेरै मेहनत गरेका छौं । पेशागत दक्षता, निष्ठा र सदाचारमा आँच नआउने गरी मूल्यांकन गरेका छौं । मान्छे हौं, केही त्रुटि हुन सक्छ । त्रुटिलाई सुधार्न सकिन्छ । पहिलो पटकभन्दा, दोस्रोमा र दोस्रोबाट यो तेस्रोमा क्रमशः सुधार भएको छ । हामीले १ हजार ८ सय ३४ ओटा बिजनेश कलेजको तालिका तयार गरेका थियौं । छनोटका लागि संस्थाको आफ्नो वेबसाइट नभएकालाई हटाउने पहिलो सीमा बनाएका थियौं । छनोटको दायरा बढाउन सकिन्छ विजय केसी डिन, काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) कलेजले व्यवस्थापन विषयमा गरेको योगदानको कदर गरेकोमा न्यू बिजनेश एजलाई आभार प्रकट गर्दछौं । तर अवार्ड छनोट सीमाको दायरा अझै बढाउन सकिन्छ । यसका लागि कलेजका फ्याकल्टिजको शैक्षिक योग्यता, अनुभवबारे पनि समेटेर रेटिङ–¥यांकिङ गर्न जरुरी छ । साथै यस्ता फ्याकल्टिजले अध्यापन गर्दा शैक्षिक विधि अपनाएका छन्÷छैनन् जस्ता विषयसमेत समेटेर मूल्यांकन गर्नुप¥यो । केही व्यवस्थापन कलेज आंशिक समय (पार्ट टाइम)का फ्याकल्टिजबाट मात्र सञ्चालन भइरहेका छन् । त्यसैले कति कलेजले पार्टटाइम र कतिले फुलटाइम शिक्षक राखेर अध्यापन गरेका छन् भन्ने आधारमा पनि मूल्यांकन गर्नुपर्छ । कलेजहरूको मापन गर्दा सम्बन्धन प्राप्त कलेज र विश्वविद्यालयको आफ्नै कलेजलाई सँगसँगै राखेर जाँच्नु भएन । हामीसँग जति स्वतन्त्रता छ, त्यो अरू सम्बन्धन प्राप्त कलेजलाई हुँदैन । उनीहरू विश्वविद्यालयको नियमले बाँधिएका हुन्छन् । यसकारण दुई वर्गमा राखेर छुट्टाछट्टै मूल्यांकल गर्न जरुरी छ । व्यावहारिक ज्ञानका लागि पूर्वाधारको खाँचो प्रताप सुवेदी सहायक महाप्रबन्धक (डीजीएम) कृषि विकास बैंक राज्यले पुरस्कृत गर्नुपर्ने काम एउटा सञ्चार गृहले गरेको छ । यसका लागि न्यू बिजनेश एज प्रालिलाई धन्यवाद व्यक्त गर्दछु । कुन ठाउँमा राम्रा कलेज छन्, कहाँ राम्रो अध्ययन भइरहेको छ भन्ने लगायत स्कोरिङबारे हामीलाई थाहा हुँदैन । यो कार्यक्रमबाट हामीलाई उक्त जानकारीको अवसर मिलेको छ । हामी कलेजमा सैद्धान्तिक तथा प्राज्ञिक कुरा मात्र गरिरहेका हुन्छौं । बढीभन्दा बढी विद्यार्थीलाई व्यावहारिक ज्ञानका लागि कलेजले पूर्वाधार बनाउनुपर्छ । साथै यस्ता कलेजमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नको रूपमा सिकाउनुपर्छ । यो कार्यक्रमले धेरै क्षेत्र र विधालाई समेट्न खोजेको छ । अझै यो व्यवस्थापनको विधा मात्र भएकाले सम्भव भएसम्म अरू धेरै विधालाई पनि समेट्दा स्थापित हुन सकिन्छ जस्तो लाग्छ । व्यवस्थापनका जनशक्ति छनोटमा सहयोगी स्मृति शर्मा प्रमुख, इन्भेस्टमेन्ट एन्ड स्ट्रक्चर प्रडक्ट डेभलपमेन्ट नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि यो कार्यक्रममा २/३ वर्षदेखि सहभागी हुँदै आएको छु । कलेजले जनशक्ति उत्पादन गरिरहँदा कुन अब्बल भनेर थाहा पाउन यो कार्यक्रमले मद्दत गर्छ । यस्तै कलेज छनोट गर्न विद्यार्थीलाई समेत सहायता गर्छ । कलेजहरूलाई पनि राम्रो गरेमा पुरस्कृत हुन अझ प्रोत्साहन मिल्छ । बैंक तथा वित्तीय संस्थाले जनशक्ति लिँदा कुन कलेजको उत्पादन राम्रो छ भनेर मूल्यांकन गर्न मद्दत पुग्छ । यसैले यो कार्यक्रमको निरन्तरताको कामना गर्दछु । बैंक तथा वित्तीय क्षेत्रलाई प्रोत्साहन रामचन्द्र जोशी अध्यक्ष नेपाल लघुवित्त बैंकर्स संघ न्यू बिजनेश एज प्रालिले यो कार्यक्रमार्फत शैक्षिक प्रतिष्ठानलाई सहयोग गर्दै आएको छ, जुन प्रशंसनीय काम हो । यसले शिक्षा क्षेत्रबाहेक बैंक तथा वित्तीय संस्था लगायतलाई समेत प्रोत्साहन गर्दै आएको छ । नेपालमा शैक्षिक क्षेत्रमा निजीक्षेत्रले धेरै काम गरिरहेका छन् । शैक्षिक संस्थाको शिक्षा कुन स्तरबाट अघि बढेको छ भन्ने जानकारी पनि यो कार्यक्रमबाट पाइन्छ । यसअघिको कार्यक्रम पनि निकै प्रभावकारी थियो । यसले नेपालमा व्यवस्थापन कलेजको महŒव देखाउने कामसमेत गरेको छ । अवार्ड छनोटमा थप मापदण्ड आवश्यक रूपेश कृष्ण श्रेष्ठ एसिस्टेन्ट प्रोफेसर, काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट नेपालकै उत्कृष्ट एमबीए कलेजको रूपमा यो सम्मान पाउँदा निकै खुशी लागेको छ । हाम्रो सम्पूर्ण टीम गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध भएर लागिरहेको छ । यो अवार्ड हामीले गरिरहेको कामको मूल्यांकन, सम्मान र प्रोत्साहन पनि हो । हामीले जे गरिरहेका छौं, त्यो हामीमा मात्र सीमित गर्न चाहँदैनौं । अन्य कजेलहरूसँग पनि हामीले गरेका राम्रो अभ्यास बाँड्न चाहन्छौं । अवार्डका लागि आयोजकले गरिरहेको प्रयास सराहनीय छ । तर कलेजमात्र नभएर विद्यार्थीको अनुपात, संकायगत रूपमा त्यसको गुणस्तर, अनुसन्धान, उद्योगसँगको ‘इन्रोलमेन्ट’, कहाँ कस्तो काम गरिरहेका छन् भन्ने विषय पनि छनोटको मापदण्डमा समावेश गर्न सके राम्रो हुन्छ । कलेज सुधारका लागि प्रोत्साहन प्राडा. दीपक शाक्य अध्यक्ष तथा कार्यकारी निर्देशक वीरगञ्ज पब्लिक कलेज, पर्सा अवार्ड पाउनु खुशीको कुरा हो । शुरूमा मलाई यो अवार्ड बेस्ट कजेललाई दिने हो भन्ने जस्तो लागेको थियो । तर यो बेस्ट कलेजभन्दा बेस्ट कलेज बनाउनेलाई दिने अवार्ड हो भन्ने मेरो बुझाइ छ । हामीले गत साल पनि अवार्ड पाएका थियौं । त्यसपछि हामीले कलेजलाई थप सुधारतर्फ अगाडि बढायौं, जसअनुसार कलेजलाई पूर्ण आईटी कलेज बनायौं । शिक्षकलाई तालीमको व्यवस्था ग¥यौं । यस्तै विद्यार्थीको व्यावहारिक शिक्षामा पहँुच बढाउन विभिन्न सरोकारवालासँग छलफल, फिल्ड भिजिट जस्ता काम ग¥यौं । छनोट चरणमा धेरै कलेज बाहिरिएका छन् । ती कलेजलाई पनि मापदण्ड पूरा गर्ने÷गराउनेतर्फ ध्यान दिन सके धेरै कलेजको सहभागिता बढ्छ । जिम्मेवारी थपिएको महसूस भएको छ दुर्गादत्त ढकाल कार्यकारी निर्देशक, नाथम पुरस्कारले खुशीसँगै जिम्मेवारी थपिएको महसूस भएको छ । यसले गर्दा आउने दिनमा थप सुधार गर्दै नेपालको नम्बर १ कलेजको रूपमा स्थापित गर्ने प्रयास जारी रहनेछ । छनोट प्रक्रियामा अपनाइएका विधिले अवार्ड वितरणमा निष्पक्षता देखिएको छ । आउने दिनमा थप परिमार्जन र विश्वनीयता कायम गर्दै धेरै कलेजलाई समेट्न सकिन्छ । अवार्ड छनोट आफैमा गाह्रो काम हो । तर पनि संस्थाले बनाएका मापदण्डलाई थप परिमार्जन र कलेजसम्म पुगेर शिक्षक–विद्यार्थीसँग अन्तरक्रिया गर्न सके अझै राम्रो हुन सक्छ । कार्यक्रमलाई थप परिमार्जन गर्न सकिन्छ किरण केसी प्राचार्य, ला ग्रान्डी इन्टरनेशनल कलेज, पोखरा प्रदेश ४ बाट उत्कृष्ट कलेजको रूपमा अवार्ड पाउनु गौरवको विषय हो । गतवर्ष पनि हामीले यो अवार्ड पाएका थियौं । यसले हाम्रो मेहनतको कदर भएको छ भन्ने लागेको छ । अवार्ड, सटिर्फिकेट भनेको उत्प्रेरणा र प्रोत्साहन नै हो । आगामी दिनमा कार्यक्रमलाई थप परिमार्जन गर्दै कलेज भ्रमण, त्यहाँको व्यवस्थापनसँग अन्तरक्रिया जस्ता काम समेट्न सकिन्छ । त्यसो हुन सके कार्यक्रमको प्रभावकारिता बढ्ने मेरो बुझाइ छ । यो कार्यक्रम शैक्षिक क्षेत्रको उत्साहको स्रोत बनेको छ । यसले अन्य कलेजहरुलाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्न प्रोत्साहित गर्दछ । यस अवार्डले हामीलाई यसै क्षेत्रमा लगनशील भएर अगाडि बढ्न प्रेरणा दिएको छ । यस्ता कार्यक्रमले भोलिका दिनमा विद्यार्थीका लागि राम्रो वातावरण सृजना गर्न पनि सहयोग पुर्‍याउँछ । थप सहभागितामूलक बनाउनुपर्छ भूपदास राजभण्डारी, कार्यकारी निर्देशक, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट पुरस्कारले हौसला थप्छ, अझै राम्रो गरौं भन्नेतर्फ ध्यान केन्द्रित गर्छ । कलेजको वातावरण कसरी राम्रो बनाउने भन्ने चासो बढ्छ । हजारौं कलेजबाट सीमित कलेज छनोट गरेर यो कार्यक्रम सम्पन्न गर्नु सजिलो काम पक्कै होइन । अहिले जति प्रयास भएको छ, त्यो सराहनीय छ । तर पनि सुधार भन्ने कुरा सधैं अपेक्षा गरिने विषय हो । त्यसैले कलेजको समग्र वातावरणको अध्ययन, अनुसन्धान गरेर अन्य पक्षलाई पनि समेट्दै थप सहभागितामूलक बनाउन सके यसको विश्वसनीयता पक्कै माथि पुग्नेछ । सधैं राम्रो गर्ने सोच बढाउँछ रोजिश शाक्य कार्यक्रम प्रमुख, डीएभी कलेज, ललितपुर हामी विगत वर्षदेखि नै यो अवार्ड कार्यक्रममा सहभागी हुँदै आएका छौं । हामीले कलेजमा पनि सैद्धान्तिक कक्षाका साथै व्यावहारिक कक्षामा जोड दिइरहेका छौं । यसैको परिणामस्वरूप कलेजले सधैं राम्रो नतीजा प्राप्त गर्दै आएको छ । यो अवार्ड पनि त्यसैको निरन्तरता हो भन्ने लाग्छ । यो कार्यक्रमको भूमिका निकै महत्त्वपूर्ण छ । अवार्ड पाउनेले मात्र होइन, नपाउने कलेजले समेत आफ्नो कलेजलाई थप सुधार गर्दै अगाडि जाने अवसर र प्रोत्साहन पाउनुभएको छ । यो अवार्ड्रले हामीलाई थप जिम्मेवार बनाएको अनुभुति भइरहेको छ । अहिले दिइरहेको सेवालाई गुणस्तर र हालको स्थानलाई कायमै राख्ने दायित्व थप वढेको छ । यसले हामीलाई आगामी दिनमा धेरै राम्र्रोसँग अघि वढ्न थप उत्साह प्रदान गरेको छ । हामीले नेतृत्व अभिवृद्धि, सञ्चार, व्यक्तिगत क्षमता रु व्यक्त्रित्व विकास गर्ने खालको पाठ्यक्रम नै तयार पारेका छौं ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)