ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अरुण काबेली पावर : कम्पनी विश्लेषण (मंगलवार, १० असार २०७६)

Jun 25, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. १५ करोड नाफा कमाएको छ । चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको कम्पनीले रिजर्भ कोषमा रू. १ करोड ५३ लाख छुट्याएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा १ करोड ५० लाख कित्ता शेयर सूचीकृत रहेको अरुण कावेली पावर लिमिटेडको बजार पूँजीकरण भने रू. २ अर्ब ७० करोड छ । कम्पनीले व्यावसायिक योजनाअनुरूप २५ मेगावाट क्षमताको काबेली बी—१ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । निकट भविष्यमा नै आयोजना निर्माण सम्पन्न हुने कम्पनीले प्रकाशित वित्तीय विवरणमा उल्लेख गरेको छ । सोमवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य आइतवारको भन्दा १० अंक बढेर रू. १९० कायम भएको छ । यस दिनको कारोबारमा कम्पनीको शेयरमूल्य न्यूनतम रू.१८० देखि अधिकतम रू. १९० सम्म पुगेको छ । कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५२ दशमलव शून्य ९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव १९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा माथि र २६ दिनेभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. १९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २१७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १८० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)