ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अरुण भ्याली हाइड्रोपावर : कम्पनी विश्लेषण (मंगलवार, १० असार २०७६)

Jun 25, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
एफपीओ जारी गर्ने प्रस्तावलाई स्थगित गर्दै शत प्रतिशत हकप्रदको योजना अघि सारेको अरुणभ्याली हाइड्रोले हालसम्म पनि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको देखिँदैन । कम्पनीले गत मङ्सिर २८ गते सम्पन्न वार्षिक साधारणसभामार्फत यो प्रस्ताव पारित गरेको हो । उक्त सभाले विद्यमान जारी पूँजी रू. १ अर्ब ५० करोडलार्ई बढाएर रू. २ अर्ब ५० करोड पु¥याउने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ९३ करोड ३० लाख १२ हजार छ । यस कम्पनीले यो वर्षको गत चैत मसान्तसम्म विद्युत् विक्रीबाट रू. ४ करोड २० लाख ३८ हजार आम्दानी गरेको छ । उक्त अवधिसम्म कम्पनीको खुद मुनाफा रू. ४ करोड १७ लाख ४३ हजार छ । दोस्रो बजारमा सोमवार कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो दिनभन्दा २ अंक घटेर रू. १०६ कायम भएको छ । कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ग्रेभस्टोन डोजी बुलिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिभर्स हुने संकेत गर्छ । यसको विश्वसनीयता भने कम छ । आरएसआई न्युट्रल जोन ४६ दशमलव ४५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ७४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. १०६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १११ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १०४ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)