ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (मंगलवार, १० असार २०७६)

Jun 25, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
कम्पनीले हाल कायम चुक्तापूँजीको ७ दशमलव ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । हाल रू. १ अर्ब १ करोड ९१ लाख रहेको कम्पनीको चुक्तापूँजी बोनस शेयर वितरण गरेपछि रू. १ अर्ब ९ करोड पुग्नेछ । नियामक निकाय बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । यसअघि कम्पनीले पूँजीवृद्धिका लागि ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १३ करोड ६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ९१ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ६ करोड ८२ लाख नाफा कमाएको थियो । सोमवार कम्पनीको शेयरमूल्य रू. ३ सय ६९ कायम भएको छ । कम्पनीको ६३ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणको अन्तिम दिनमा सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४४ दशमलव ६७ विन्दुमा छ । यसले खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ४१ विन्दुमा छ । उतावचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, मुभिङ एभरेज १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ३६९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३८८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३६० मा प्रतिरोध पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)