ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनाइटेड इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (मंगलवार, १० असार २०७६)

Jun 25, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
कम्पनीले हकप्रद शेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै शेयरमूल्यमा वृद्धि भएको छ । सोमवार पहिलो कारोबार अवधिमा नै कम्पनीको शेयरमूल्य रू. ४० ले बढेर रू. ९४० सम्म पुगेको थियो । अन्त्यमा कम्पनीको शेयरमूल्य रू. ९०६ कायम भएको छ । सोमवार कम्पनीको ३ हजार ९११ कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीले पूँजीवृद्धिका लागि २४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद शेयर जारी गर्नेछ । विक्रीप्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३० करोड २४ लाख छ । २४० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि पूँजी रू. १ अर्ब २ करोड पुग्नेछ । कम्पनीको ६२ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिभर्स हुने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ४२ दशमलव ४२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ९ दशलमव १२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ९०६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १०४० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ८८३ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)