ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वरुण हाइड्रोपावर : कम्पनी विश्लेषण (बुधवार, ११ असार २०७६)

Jun 26, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा २०७५ जेठ २२ गते निवेदन दिएको छ । बोर्डले निवेदन स्वीकृत गरेमा कम्पनीले २५ लाख ५१ हजार ५ सय कित्ता हकप्रद शेयर जारी गर्नेछ । हकप्रद विक्री व्यवस्थापनका लागि कम्पनीले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड ५१ लाख छ भने रिजर्भ कोषमा रू. २ करोड ५३ लाख छ । यस कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा तल नै छ । सोमवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो दिनभन्दा १ अंक घटेर रू. ९१ कायम भएको छ । यस दिन कम्पनीको ६० कित्ता शेयर कारोबार भएको छ । कम्पनीको ६० दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन फोर प्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने अथवा घट्ने कुनै निश्चित संकेत गर्दैन । आरएसआई न्युट्रल जोन ४१ दशमलव ७५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ४८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ९१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९२ मा प्रतिरोध र सस्तिएमा ९० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)