ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एभरेष्ट बैंक :कम्पनी विश्लेषण (बुधवार, ११ असार २०७६)

Jun 26, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
बैंकको शेयरमूल्य १ वर्षको कारोबार अवधिमा अधिकतम रू. ६८० पुगेको छ भने न्यूनतम रू. ५०४ सम्म पुगेको छ । मंगलवारको कारोबार अवधिमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ९ हजार ४२१ कित्ता शेयर खरीद गर्ने र ७ हजार ४७८ कित्ता शेयर विक्री गर्ने माग थियो । मंगलवार बैंकको शेयरमूल्य रू. ६६५ कायम भएको छ । सो दिनको बैंकको ६ हजार ६५५ कित्ता शेयर खरीदविक्री भएको हो । बैंकले चैत मसान्तसम्ममा रू. २ अर्ब २१ करोड खुद नाफा कमाएको छ । चुक्तापूँजी रू. ८ अर्ब १० करोड रहेको बैंकले रिजर्भ कोषमा रू. ६ अर्ब १२ करोड छुट्याएको छ । बैंकले गत आवको नाफाबाट शेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । एनएफआरएस प्रणाली अनुसार विभिन्न शीर्षकमा रकम छुट्याएपछि कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ५३ करोड पुगेको छ । कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ५३ दशमलव ५६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ९३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा, १४ दिने औसत मूल्यरेखा र हालको मूल्य एकअर्कासँग नजिकिएका छन् । यस्तो अवस्थामा १४ दिने रेखाले २६ दिने रेखालाई माथिबाट काट्यो भने मूल्य घट्छ भने २६ दिने रेखामा टेवा पाएर फर्किएमा मूल्य बढ्ने गर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)