ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आईएमई बैंक : कम्पनी विश्लेषण (बुधवार, ११ असार २०७६)

Jun 26, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
बैंकको शेयरमूल्य १ वर्षको कारोबार अवधिमा सबैभन्दा अधिकतम रू. ३२८ पुगेको छ भने न्यूनतम रू. २५७ पुगेको छ । मंगलवार बैंकको शेयरमूल्य रू. ३०६ कायम भएको छ । सो दिन २४ हजार ६३४ कित्ता शेयर खरीदविक्री भएको छ । चालू आवको ९ महीनामा रू. १ अर्ब ८७ करोड नाफा कमाएको बैंकले शेयरधनीलाई गत आवको नाफाबाट १६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । चुक्तापूँजी रू. १० अर्ब ३१ करोड पुगेको छ भने रिजर्भ कोषमा रू. २ अर्ब ७३ करोड छुट्याएको छ । एनएफआरएस प्रणाली अनुसार बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ४१ करोड छ । हाल बैंकले १३६ ओटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५८ दशमलव ४२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ६ विन्दुमा छ । उतारचढाव सामान्य देखाउँछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ३०६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३१४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३०० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)