प्रभु बैंक : कम्पनी विश्लेषण (बुधवार, ११ असार २०७६)
Jun 26, 2019
 
लगानी
कम्पनी विश्लेषण
मंगलवार बैंकको शेयरमूल्य रू. २६६ कायम भएको छ । अघिल्लो दिनको तुलनामा २ अंक घटेको हो । मंगलवार बैंकको ८५ हजार ७१९ कित्ता शेयर खरीदविक्री भएको १ वर्षको कारोबार अवधिमा बैंकले शेयरमूल्य अधिकतम रू. २९८ पुगेको छ भने न्यूनतम रू. १७८ पुगेको छ । बैंकले चालू आवको चैत मसान्तसम्ममा रू. १ अर्ब ५२ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५८ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. ९१ करोड ७० लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा वृद्धि भएको हो । एनएफआरएस प्रणाली अनुसार बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ४३ करोड छ । बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर वितरण गरेको छ । बैंकले हाल १८६ ओटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा क्लोजिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४० दशमलव ८३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ४१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. २६६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २८४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २४७ मा टेवा पाउने देखिन्छ ।