ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रिडी हाइड्रोपावर : कम्पनी विश्लेषण (बुधवार, ११ असार २०७६)

Jun 26, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
गतवर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर वितरण गरी रू. ५३ करोड ११ लाख १८ हजार चुक्तापूँजी पु¥याएको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चैत मसान्तसम्म रू. ७६ लाख ५१ हजार खुद नाफा गरेको छ । यस अवधिमा कम्पनीले विद्युत् विक्रीबाट रू. १ करोड १५ लाख ९७ हजार आम्दानी गरेको छ । कम्पनीको जगेडा कोषमा रू. २ करोड ९६ लाख रहेको वित्तीय विवरणमा उल्लेख छ । दोस्रो बजारमा कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम छ । सोमवार कम्पनीको १ लाख ४ हजार ६६३ कित्ता शेयर कारोबार भएको छ । यस दिन कम्पनीको शेयरमूल्य स्थिर रही रू. ९१ कायम भएको छ । कम्पनीको ६२ दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणमा क्लोजिङ ब्ल्याक मारुबोजु आकृति बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४३ दशमलव ४१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ४० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा, १४ दिने औसत मूल्यरेखा र हालको मूल्य एकअर्कासँग टाढिएका छन् । सोमवारको शेयरमूल्य रू. ९१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ९० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)