असार ११, काठमाडौं(अस) । बुधवार नेप्से परिसूचक २ दशमलव ७८ अंक घटेर १ हजार २५८ दशमलव २९ विन्दुमा बन्द भएको छ । १ हजार २६१ दशमलव १० विन्दुबाट शूरु भएको परिसूचक कारोबार शुरु भएको केही समयसम्म स्थिर रहेको थियो ।
१ हजार २६१ द्यशमलव ४९ विन्दुसम्म पुगेको परिसूचक आधा घण्टाको अवधिमा ओरालो लागेर १ हजार २५५ दशमलव ४६ विन्दुसम्म पुगेको थियो । सो विन्दुमा टेवा पाएर पुन बढेको बजार अन्तमा शून्य दशमलव २२ प्रतिशत घटेर बन्द भएको छ । यस दिन बजार घटेर बन्द भएपनि कारोबार रकममा सुधार भएको देखिन्छ ।
बुधवार कारोबार अवधिभर १२ समूहको परिसूचकमा व्यापार समूह, होटल समूह, ‘अन्य’ समूह र म्युचुअल फण्ड समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक भने घटेको छ ।
बुधवारको कारोबार
बुधवार रू. ५७ करोड १ लाख बराबरको शेयर कारोबार भएको छ । यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा ५६ दशमलव ३० प्रतिशत बढेको हो । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ६३ अंक घटेर २७० दशमलव ८१ विन्दुमा बन्द भएको छ ।
कारोबार भएका १६७ कम्पनीमा ६० कम्पनीको शेयर मुल्य बढेको छ भने ८२ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, २५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
नेपाल एग्रोको शेयरमूल्य ९ प्रतिशत भन्दा बढी बढ्यो
बुधवारको कारोवारमा नेपाल एग्रो लघुवित्तको शेयरमूल्य ९ दशमलव ९५ प्रतिशत बढेर रू. ४६४ पुगेको छ । यस्तै ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव रहेको आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य ६ दशमलव ९५ प्रतिशत बढेर प्रतिकित्ता रू.४०० मा बन्द भएको छ ।
कम्पनीको सो बोनस शेयर असार २९ गतेको साधारण सभाले पारित गर्नेछ । यस दिनको कारोवारमा पाँचथर पावर कम्पनीको शेयरमूल्यमा ६ दशमलव ४७ प्रतिशत वृद्धि भएको छ ।
गुराँस लघुवित्तको शेयर मूल्य ६ दशमलव ३६ प्रतिशत घटेर अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. ४१२ मा सिमित भएको छ । यस्तै आशा लघुवित्तका शेयरधनीहरुले यस दिनको कारोवारमा ४ दशमलव १७ प्रतिशत गुमाएका छन् ।
१२ समूहको परिसूचक, कुनको बढ्यो कुनको घट्यो ?हिमालयन डिस्टीलरीको सर्वाधिक कारोवार
बुधवार एक दिनभरिको कारोवारमा हिमालयन डिस्टीलरी लिमिटेडको सर्वाधिक बढी रू. १९ करोड ४२ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको यस दिन अन्तिम शेयरमूल्य रू. १ हजार ६९० रहेको छ ।
सो कम्पनीको १ लाख १७ हजार ३४५ कित्ता शेयर खरीद विक्री भएको हो । कारोबार रकमकै आधारमा दोस्रो स्थानमा नेपाल बैंकको रू. ४ करोड १९ लाख बराबरको शेयर कारोवार भएको छ । कम्पनीको अन्तिम शेयर मूल्य प्रतिकित्ता रू. ३३१ रहेको छ ।