ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सातामा ७.२१ अंकले घटेको नेप्सेको कारोवार हिमालयन डिस्टिलरीले बढायो, मार्जिन कारोबारको शुरुवातपछि बजार बढ्ने अनुमान

Jun 29, 2019  
लगानी मुख्य खबर नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
काठमाडौं(अस) । गत साताको तुलनामा नेप्से परिसूचक ७ दशमलव २१ अंकले घटेको छ । गत साताको असार १२ गते बिहीवार १ हजार २६४ दशमलव ३६ विन्दुमा बन्द भएको परिसूचक यस साताको बिहीवार १ हजार २५७ दशमलव १५ विन्दुमा बन्द भएको छ । यस साताको आइतवार र बिहीवारको तुलनामा भने नेप्से परिसूचक २ दशमलव ८० अंकले बढेको छ । आइतवार १ हजार २५४ दशमलव ३५ विन्दुमा बन्द भएको थियो । सातामा नेप्से पाँच दिन कारोबार भएको छ । पाँच दिनको कारोबारमा दुई दिन बजार बढेको थियो भने तिन दिन घटेको छ । सातामा ६ दशमलव ७१ अंक बढेको छ भने १३ दशमलव ९३ अंकले घटेको छ । सातामा नेप्से परिसूचक १ हजार २६१ दशमलव ०७ विन्दुभन्दा माथि जान सकेन । मार्जिन कारोबारले बजार बढ्ने अनुमान बिहीवार आठ ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबारको लागि नेप्सेले अनुमति दिएको छ । नेपाल राष्ट्र बैङकबाट ११ ओटा ब्रोकर कम्पनीहरुले मार्जिन कारोबारको लागि स्विकृती पाएका छन् । बैंकको चर्को व्याजदरमा ऋण लिई शेयर बजारमा लगानी गरेका लगानीकर्ताहरुको लागि यो खुशीको कुरा पनि हो । आम लगानीकर्ताहरुले मार्जिन कारोबारपछि शेयर बजार सुधार हुने आशा लिएका छन् । ब्रोकर कम्पनीहरुले बैंकले दिएको व्याजदरको तुलनामा कम व्याजदरमा कर्जा प्रवाह गर्ने बताएका छन् । ब्रोकर कम्पनीहरुलाई कारोबार रकम बढेमा आफुहरुलाइ फाइदा हुने हुँदा बैंकले भन्दा सरल रुपमा लगानीकर्ताहरुसँग समन्वय गरेरे व्याजदर तोक्ने बताएका छन् । मार्जिन कारोबार चालू आवमानै लागु हुने समेत ब्रोकरले जानकारी गराएका छन् । लगानीकर्ताहरुलाई बैंकले गर्ने मार्जिन कलको समते त्रास नहुने र कम व्याजमा लगानी गर्ने अवसर हुने भएकाले आगामी दिनमा कारोबार रकम बढ्ने ब्रोकर बताउँछन् । सातामा बजार पूँजीकरण र सेन्सेटिभ इन्डेक्समा कस्तो परिवर्तन आयो ? गत साताको तुलनामा बजार पूँजीकरण शून्य दशमलव ५५ प्रतिशतले घटेको छ । गत साताको अन्तिम बिहीवार रू. १५ खर्ब ७३ अर्ब रहेको बजार पूँजीकरण असार १२ गते बिहीवार रू. १५ खर्ब ६४ अर्बमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव शून्य ४४ अंकले घटेको छ । अघिल्लो साताको बिहीवार २७१ दशमलव ६ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यस साताको बिहीवार २७१ दशलमव १६ विन्दुमा आइपुगेको छ । सातामा भएको कारोबार सातामा ७६ लाख ७२ हजार ५६४ कित्ता शेयरको रू. २ अर्ब ५२ करोड बराबरको शेयर कारोबार भएको छ । गत सातामा ७९ लाख ३ हजार ८८२ कित्ता शेयरको रू. १ अर्ब ९१ करोड बराबरको शेयर कारोबार भएको थियो । गत साताको तुलनामा कारोबार रकम रू. ६१ करोड ११ लाख बढेको हो । गत साताको तुलनामा कारोबार रकम बढ्दै गएको छ । सातामा तिन दिन रू. ५० करोड भन्दा मुनी कारोबार भएको थियो भने बुधवार र बिहीवार कारोबार रकम बढ्न पुगेको थियो । बुधवार र बिहीवार हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार हुँदा कारोबार रकम बढ्न पुगेको हो । बुधवार रू. १९ करोड ४२ लाखको शेयर कारोबार भएको थियो भने बिहीवार रू. १४ करोड ९७ लाख बराबरको शेयर कारोबार भएको थियो । सोही कारण यस साता कारोबार रकम बढ्न पुगेको हो । गत साताको तुलनामा कारोबार रकम ३१ दशमलव ७५ प्रतिशत बढ्न पुगेको हो । गत साताको तुलनामा उपसमूहको परिसूचकमा आएको वृद्धिदर सातामा सर्वाधिक कारोबार भएका कम्पनी सातामा सर्वाधिक बजार पूँजीकरण भएका कम्पनी  
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)