एशियन लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, १५ असार २०७६)
Jun 30, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले पूँजीवृद्धिका लागि ६० प्रतिशत हकप्रद शेयर निष्कासन गरिसकेको छ । असार १ देखि ८ गतेसम्म कम्पनीले अवितरित हकप्रद शेयर लीलाम विक्री गरेको थियो । बीमा समितिले जीवन बीमा कम्पनीको पूँजी रू. २ अर्ब पु¥याउन निर्देशन दिएसँगै हकप्रद शेयर जारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड छ । ६० प्रतिशत हकप्रद शेयर सूचीकृत भएपछि चुक्तापूँजी रू. २ अर्ब पुग्नेछ । कम्पनीले हाल ३४ ओटा शाखा कार्यालयबाट जीवन बीमा सुविधा प्रदान गर्दै आएको छ । बिहीवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनभन्दा १३ अंक बढेर रू. ३९५ कायम भएको छ । यस दिन न्यूनतम रू. ३८१ देखि अधिकतम रू. ४०५ सम्म कम्पनीको शेयर कारोबार भएको छ ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ३० दशमलव १४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशलमव ६३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा तल र २६ दिने मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ३९५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४२३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा ३८२ मा टेवा पाउने देखिन्छ ।