ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेन्ट्रल फाइनान्स : कम्पनी विश्लेषण (आइतवार, १५ असार २०७६)

Jun 30, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
१ वर्षको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. १९० पुगेको छ भने न्यूनतम मूल्य रू. ९४ पुगेको हो । बिहीवार कम्पनीको शेयरमूल्य रू. ११७ कायम भएको छ । सो दिन कम्पनीको ८९ कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. ३ करोड २४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २८ प्रतिशत कम हो । सो अवधिमा कम्पनीले रू. ४ करोड ५३ लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा कम्पनीको खर्च बढेकाले नाफामा कमी आएको हो । चुक्तापूँजी रू. ८२ करोड ३३ लाख छ भने जगेडा कोष रू. १४ करोड ३३ लाख छ । निष्क्रिय कर्जा ३ दशमलव १६ प्रतिशत छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव २६ छ भने प्रतिशेयर नेटवर्थ रू. ११७ दशमलव ४१ छ । गत आवको नाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

कम्पनीको ६२ दिनको कारोबारमा मैनबत्ती विश्लेषणको अन्तिम दिन इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले बुलिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रन जोन ४८ दशमलव ८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव १६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यलाई १४ दिने र २६ दिने मूल्यरेखाले तलबाट काटेर माथि गएको छ । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ११७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १२० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ११६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)