फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स : कम्पनी विश्लेषण (मंगलवार, १७ असार २०७६)
Jul 2, 2019
 
लगानी
कम्पनी विश्लेषण
गतवर्षको असार १७ गते प्रतिकित्ता रू. २ हजार ११० रहेको कम्पनीको शेयरमूल्य २०७६ असार १६ गते रू. १ हजार ३१० मा आइपुगेको छ । १ वर्षको अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार २८० सबैभन्दा उच्च पुगेको थियो । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले दिएको २५ प्रतिशत बोनस शेयरको मूल्य समायोजनपछि प्रतिकित्ता रू. १ हजार ४८७ मा आइपुगेको हो । मूल्य समायोजन हुनुअघि कम्पनीको प्रतिकित्ता रू. १ हजार ८५९ थियो । लगातार शेयर बजार घटेसँगै कम्पनीको शेयरमूल्य पनि घट्दै आएको छ ।
कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. २३ करोड ५८ लाख खुद नाफा गरेको छ । कम्पनीको चुक्तापूँजी रू. रू. ३७ करोड ७६ लाख पुगेको छ । कम्पनीले एक केन्द्रीय कार्यालय र ११६ ओटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीको ६४ दिनको कारोबारको आधारमा गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई ओभरसोल्ड जोन २८ दशमलव ८५ विन्दुमा छ । यसले शेयर विक्री बढेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १४ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई औसत रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. १ हजार ३१० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ हजार ३६० मा प्रतिरोध पाउने देखिन्छ । सोमवार कम्पनीको शेयरमूल्य १ वर्षकै न्यून रू. १ हजार ३१० पुगेको छ ।