ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक्सेल डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (मंगलवार, १७ असार २०७६)

Jul 2, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
१ वर्षको कारोबार अवधिमा बैंकको शेयरमूल्य सबैभन्दा बढी रू. ३ सय ३८ पुगेको छ भने न्यून मूल्य रू. २ सय ५६ रहेको छ । सोमवार कम्पनीको शेयर कारोबार अवधिमा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिमा ७ सय ७३ कित्ता शेयर विक्री गर्ने माग र १ सय २५ कित्ता शेयर खरीद गर्ने माग छ । उक्त अर्डर भए पनि म्याचिङ नभएर अन्त्यमा कारोबार भने हुन सकेन । यस बैंकले गतवर्षको मुनाफाबाट लगानीकर्तालाई १७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६९ करोड २६ लाख ७३ हजार रहेको छ । जगेडा कोष रकम रू. २५ करोड ९८ लाख ८५ हजार छ । यस आर्थिक वर्षको ९ महीनामा कम्पनीले रू. ११ करोड ४४ लाख २९ हजार खुद नाफा गरेको छ । यो नाफा गतवर्षको सोही अवधिमा रू. ११ करोड ११ लाख २९ हजार थियो । वार्षिक रू. २२ दशमलव शून्य ३ प्रतिशेयर आम्दानी रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव ६९ छ ।

कम्पनीको ५५ दिनको कारोबार अवधिका आधारमा गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ेन संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ३९ दशमलव ६९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ७२ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल रहेको छ । आइतवारको शेयरमूल्य रू. २ सय ८५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २ सय ९४ मा प्रतिरोध पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)