ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिभिल बैंक : कम्पनी विश्लेषण (मंगलवार, १७ असार २०७६)

Jul 2, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
१ वर्षको कारोबार अवधिमा बैंकको शेयरमूल्य सबैभन्दा बढी रू. १ सय ८३ पुगेको हो भने न्यून मूल्य रू. १ सय ४४ छ । यो शेयरमूल्य १ वर्षकै न्यून हो । सोमवार बैंकको शेयरमूल्य रू. १ सय ४५ कायम भएको छ । सो दिन बैंकको ४८ हजार ९ सय ९४ कित्ता शेयर खरीद विक्री भएको हो । गतवर्षको मुनाफाबाट बैंकले शेयधनीका लागि १० दशमलव २५ प्रतिशत बोनस शेयर र ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिएको छ । हाल रू. ८ अर्ब ३३ लाख ९० हजार चुक्तापूँजी रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासम्म रू. ४९ करोड ३८ लाख ९२ हजार खुद नाफा गरेको छ । यो नाफा गतवर्षको यसै अवधिमा रू. ३३ करोड ५५ लाख ५ हजार थियो । गतवर्षभन्दा यस वर्ष नाफामा वृद्धि भएको छ । तेस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा भने रू. २२ करोड ३० लाख ३३ हजार छ ।

कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले बैंकको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ४१ दशमलव ७५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ९७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्य रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. १४५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १४७ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. १ सय ४४ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)